राजेश हमालसहित ‘नरसिंहा अवतार’का कलाकार दमकमा

दमक, १२ जेठ / गत शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको नेपाली चलचित्र ‘नरसिंहा अवतार’ का मुख्य कलाकार राजेश हमालसहितको टिम सोमबार झापाको दमक आएको छ ।

 

चलचित्रको निर्माण टोली आफनो चलचित्र प्रदर्शन भइरहेको बेला देशभरका विभिन्न सिनेमा घरमा भ्रमण गरी दर्शकहरुसँग भेटघाट गरिरहेका छन् । सोही क्रममा दमकमा रहेको डीम्याक्स सिनेमाज्‌मा पनि अभिनेता हमालसहितका कलाकार र निर्माण पक्षले दर्शकसँग भेटघाट गर्दै सफलताको खुसी साटेको छ । टोलीले दर्शकको प्रतिकृया पनि लिएको छ । यसपछि पत्रकारसग छोटो कुराकानी गर्दै चलचित्रका मुख्य आकर्षक हमालले दर्शकको उत्साहपूर्ण प्रतिक्रिया आइहेको बताउनु भयो । चलचित्रले सामाजिक, राजनैतिक कथा बस्तु बोलेकोेले सबैको रोजाइमा परिरहेको उहाँको तर्क छ ।

 

 

सो चलचित्रकी अभिनेत्री सनिशा भट्टराईले आफ्‌नो अभिनय रहेको चलचित्रलाई दर्शकले मन पराएकोमा खुसी ब्यक्त गर्दै हमालसँगको सहकार्य सम्झनालायक भएको बताउनु भयो । यस्तै, चलचित्रका निर्माता समेत रहेका अभिनेता राज कटुवालले लामो समयदेखि अभिनेता हमालको चलचित्र पर्खेर बसेका दर्शकहरुलाई बिशेष उपहार भएको प्रतिक्रिया दिनुहुन्छ ।

 

चलचित्रमा हमालसंगै सरोज खनाल, नीर शाह, आशा पौडेल, सनिशा भट्टराई, समाइरा थापा, अमित गिरी, प्रभु श्रेष्ठ, दीपा शाही, प्रशान्त ताम्राकार, अर्जुन श्रेष्ठ, उषा खड्गी, नीति शाह, राज कटुवालसहितको अभिनय रहेको छ ।

 

चलचित्रमा राजुविक्रम थापाको छायाँकन, कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, चन्द्र पन्तको द्वन्द निर्देशन तथा मिलन श्रेष्ठ र साहिल खानको सम्पादन रहेको छ । ‘‘नरसिंहा अवतार’ सामाजिक, पारिवारिक र न्यायको पक्षमा आधारित कथामा निर्माण गरिएको निर्माण पक्षको भनाई छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

श्रम संस्कृतिको पहिलो बैठकमा सुदन किरातीको २४ बुँदे फरक प्रस्ताव

विराटनगर , १७ भदौ। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित र संस्थागत गर्न २४ बुँदे प्रस्ताव पेस गरेका छन् ।बुधबार पार्टीको केन्द्रीय

काठमाडौँ उपत्यकामा कसरी भित्रिँदै छ ग्यास ?

काठमाडौँ , भदौ १७। अविरल वर्षापछिको आएको बाढीका कारण देशकै मुख्य लाइफलाइन (नागढुंगा–मुग्लिन सडक खण्ड) क्षतविक्षत् बनाएपछि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तु र इन्धनको आपूर्ति

इन्टर्नशिपका लागि गएका शिशिर सम्पर्कविहीन, कलेजको भूमिकामाथि परिवारको प्रश्न

 काठमाडौँ , भदौ १७। काठमाडौं विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत शिशिर गिरी साउन २८ गते रसुवा लागेका थिए । रसुवा जानुको उद्देश्य माथिल्लो त्रिशूली ३बी मा

मंसिर २१ देखि २३ सम्म महाधिवेशन गर्ने देउवा पक्षको तयारी

काठमाडौं ,१७ भदौ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ। बुधबार चुनदेवीमा जारी बैठकमा मंसिर २१ देखि

झापाको मुस्लिम समाज विकास प्रतिष्ठानद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख २८ हजार जम्मा

बिर्तामोड,१७ भदौ  । भदौ १० गतेको भीषण बाढी तथा विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुस्लिम समाज विकास प्रतिष्ठान झापाले १ लाख २८

झापामा सीमा निगरानी र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीद्वारा ‘गोप्रो क्यामेरा’ प्रयोग

झापा ,१७ भदौ । सीमा सुरक्षा, सूचना सङ्कलन तथा निगरानीलाई थप प्रभावकारी बनाउन झापामा सशस्त्र प्रहरीले अत्याधुनिक ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ।सशस्त्र प्रहरी बल, नेपाल