राजेश हमालसहित ‘नरसिंहा अवतार’का कलाकार दमकमा

दमक, १२ जेठ / गत शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको नेपाली चलचित्र ‘नरसिंहा अवतार’ का मुख्य कलाकार राजेश हमालसहितको टिम सोमबार झापाको दमक आएको छ ।

 

चलचित्रको निर्माण टोली आफनो चलचित्र प्रदर्शन भइरहेको बेला देशभरका विभिन्न सिनेमा घरमा भ्रमण गरी दर्शकहरुसँग भेटघाट गरिरहेका छन् । सोही क्रममा दमकमा रहेको डीम्याक्स सिनेमाज्‌मा पनि अभिनेता हमालसहितका कलाकार र निर्माण पक्षले दर्शकसँग भेटघाट गर्दै सफलताको खुसी साटेको छ । टोलीले दर्शकको प्रतिकृया पनि लिएको छ । यसपछि पत्रकारसग छोटो कुराकानी गर्दै चलचित्रका मुख्य आकर्षक हमालले दर्शकको उत्साहपूर्ण प्रतिक्रिया आइहेको बताउनु भयो । चलचित्रले सामाजिक, राजनैतिक कथा बस्तु बोलेकोेले सबैको रोजाइमा परिरहेको उहाँको तर्क छ ।

 

 

सो चलचित्रकी अभिनेत्री सनिशा भट्टराईले आफ्‌नो अभिनय रहेको चलचित्रलाई दर्शकले मन पराएकोमा खुसी ब्यक्त गर्दै हमालसँगको सहकार्य सम्झनालायक भएको बताउनु भयो । यस्तै, चलचित्रका निर्माता समेत रहेका अभिनेता राज कटुवालले लामो समयदेखि अभिनेता हमालको चलचित्र पर्खेर बसेका दर्शकहरुलाई बिशेष उपहार भएको प्रतिक्रिया दिनुहुन्छ ।

 

चलचित्रमा हमालसंगै सरोज खनाल, नीर शाह, आशा पौडेल, सनिशा भट्टराई, समाइरा थापा, अमित गिरी, प्रभु श्रेष्ठ, दीपा शाही, प्रशान्त ताम्राकार, अर्जुन श्रेष्ठ, उषा खड्गी, नीति शाह, राज कटुवालसहितको अभिनय रहेको छ ।

 

चलचित्रमा राजुविक्रम थापाको छायाँकन, कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, चन्द्र पन्तको द्वन्द निर्देशन तथा मिलन श्रेष्ठ र साहिल खानको सम्पादन रहेको छ । ‘‘नरसिंहा अवतार’ सामाजिक, पारिवारिक र न्यायको पक्षमा आधारित कथामा निर्माण गरिएको निर्माण पक्षको भनाई छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर