दलित परिवारलाई वडाको खाद्यान्न सहयोग

दमक, २१ जेठ / स्थानीय सरकार नागरिकहरुसंग प्रत्यक्ष जोडिने सरकार हो । यसले आफ्‌नो ऐनभित्र रहि विकास निर्माणका कार्यसंगै पछि परेका समुदायका लागि राहत समेत प्रदान गर्ने गरेको छ ।

 

यसक्रममा झापाको दमक नगरपालिका वडा नम्बर ६ ले पनि आफ्‌नो वडाभित्र रहेका आर्थिक विपन्न, दलित र पिछडिएका वर्गलाई वार्षिक कार्यक्रममा बजेट व्यवस्थापन गरी सम्बोधन गर्दै आएको छ । सोही क्रममा वडाले आर्थिक विपन्न दलित परिवारहरूलाई लक्षित गर्दै खाद्यान्न वितरण कार्यक्रम सम्पन्न गरेको छ । मँगलबार वडा कार्यालयमा आयोजित कार्यक्रमकाबीच २५ परिवारलाई चामल, नुन र तेल वितरण गरेको छ । वडामा रहेका आर्थिक अवस्था कमजोर रहेका परिवारहरूलाई राहत पुर्‍याउने उद्देश्यले राहत वितरण गरिएको वडा अध्यक्ष टेकबहादुर थापाले जनाउनु भयो । उहाँले यस्ता प्रकारका कार्यक्रमले आर्थिक समस्यामा परेका नागरिकहरुलाई केही हदसम्म राहत पुग्ने भएकाले आगामी दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।

 

कार्यक्रममा वडा नम्बर ६ की वडा सदस्य कमला बस्नेत खातीले यसअघि वडाले सीपमूलक कार्यक्रमहरुमा प्राथमिकता दिँदै आएको भएपनि यस पटकको समितिको निर्णयअनुसार खाद्यान्न वितरण गरिएको जानकारी दिनुभयो ।

 

वडाले खाद्यान्न वितरणमा छुट्याएको २ लाख रुपैयाँ बजेटले राहत वितरण गरेको हो । वडाले खाद्यान्न वितरण गर्दा आफूहरुलाई ठूलो राहत पुगेको लाभग्राहीमध्येकी कमला रणपहेलीले खुसी व्यक्त गर्नुभयो ।

 

स्थानीय सरकारले लक्षित वर्गलाई दिँदै आएको राहतले वास्तविक समस्यामा परेकाहरुले पक्कै पनि राहत पाएको महसुस गर्ने भएकाले त्यस्ता परिवारलाई छान्न मापदण्ड नै बनाएर वडाले काम गरेको वडा कार्यालयले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।