अधिकारमा स्थानीय र प्रदेशको लडाई

पालिका मातहतका सिटी रिक्सा अब प्रदेश मातहत हुने

दमक,२१ जेठ / संविधानले प्रदेश र स्थानीय तहको अधिकार स्पष्ट रुपमा विभाजन गरे पनि, व्यवहारमा स्वार्थ केन्द्रित राजनीति र निर्णयका कारण आम सर्वसाधारण हैरान छन् । यस्तै एउटा उदाहरण बनेको छ, ई–रक्सिा व्यवस्थापनको अधिकारको विषयमा प्रदेश र स्थानीय तहबीच देखिएको दोहोरो भूमिका ।

 

 

 

तत्कालिन १ नं. प्रदेश सरकारले प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७७ जारी गर्दै आफू मातहत रहेको ई रिक्साको व्यवस्थापन, दर्ता, नवकिरण गर्ने जिम्मा सम्बन्धित पालिकालाई हस्तान्तरण गरेको थियो । जसअनुसार सिटी र अटो रिक्सा धनीले स्थानीय पालिकामा नै दर्ता र नबिकरण गर्दै आएका थिए । तर यसअघि पालिकामा दर्ता हुँदै आएका तीन पांग्रे सिटी सवारी (ई–रिक्सा) अब प्रदेश मातहतमा रहने भएका छन् । कोशी प्रदेश सरकारले गत वैशाख १६ गते पारित गरेको केही ऐन संशोधन अध्यादेशमा उक्त व्यवस्था गरिएको हो ।

 

 

 

प्रदेश सरकारले अध्यादेशबाट प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७७ संशोधन गरेर विद्युतीय ई–रिक्सा व्यवस्थापनको अधिकार स्थानीय सरकारबाट खोसेको हो । जसका कारण ई रिक्सा ब्यबसायीहरु समस्यामा परेको दमकका ई रिक्सा व्यवसायी गंगा लिम्बुको भनाई छ ।यस्तै पालिकालाई २ देखि ३ हजार रुपैया तिरेर दर्ता गर्दै आएको भएपनि प्रदेश मातहतको यातायात कार्यालयमा दर्ता गर्न १० हजार बढी शुल्क तिर्नुपर्ने भएको छ । शुल्क बृद्धिको बिषयमा पनि उनिहरुले आपत्ति जनाएका छन् ।

 

 

 

स्थानीय तहको स्थायी राजश्व स्रोत प्रदेश सरकारले खोसेकोले ट्राफिक व्यवस्थापनमा स्थानीय सरकारले उपेक्षा गर्नसक्ने आशंका व्यवसायीले गरेका छन् । यसअघि स्थानीय तहमा इ–रक्सिा दर्ता हुँदा एउटा स्थानीय तहमा दर्ता भएर अर्कोमा जान रोक लगाउने थियो । तर, अब प्रदेशमा दर्ता हुने भएपछि त्यो रोक हट्दा प्रमुख शहरहरुमा समस्या हुने अनुमान गरिएको छ । यसैबीच, कोशी प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामलिा तथा कानूनमन्त्री रेवतीरमण भण्डारीले संविधानअनुसार नै अधिकार प्रदेश तहमा ल्याइएको स्पष्ट पार्नुभएको छ ।

 

 

 

ई रिक्सा ब्याबसायीको रुट परमिट, सवारीको बीमा, ट्राफिक ब्याबस्थापनमा देखिएको समस्याका कारण प्रदेश मातहत ब्याबस्था गरिएको उहाँको दाबी छ । संघीयता कार्यान्वयनको एक दशक पूरा हुन लाग्दा पनि अधिकारको सीमारेखा प्रस्ट नहुँदा स्थानीय सरकार कमजोर हुँदै गएका छन् । साना व्यवसायीहरु अन्योलमा परेका छन् । यस्तोमा, अधकिारको स्पष्टताको लागि तीन तहबीचको समन्वय आवश्यक देखिन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कागती खेती गर्ने किसान पलायन हुँदै

  पथरीशनिश्चरे, १२ कार्तिक | विगत ७ वर्षदेखि मोरङको पथरी शनिश्चरे वडा नं २ कालापानीमा सुरेन्द्र दाहालले व्यवसायिक रुपमा कागती खेती गर्दै आउनु भएको छ

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका