गाँजा खेती

औषधीय प्रयोगका लागि गाँजा खेती गर्न दिने सरकारको तयारी

gaja

 

 

 

धरान  सरकारले औषधीय प्रयोगका लागि गाँजा खेती गर्न दिने तयारी गरेको छ ।

गाँजा खेतीमाथि लामो समयदेखि लागेको प्रतिबन्ध हटाउने बारे बहस चलिरहेका बेला गृह मन्त्रालयले ६  महिनाभित्र कार्यविधि ल्याउने तयारी गरेको हो । मन्त्रालयको नीति योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाले यसका लागि औषधीय प्रायोजनका लागि कार्यविधि बनाइरहेको जनाएको छ ।

कार्यविधिअनुसार सरकारसँग अनुमति लिएर औषधीय प्रयोजनका लागि गाँजा खेती गर्न सकिने व्यवस्था गरिएको छ । मन्त्रालयले कार्यविधिमार्फत् गाँजा खेती र प्रयोगबारे विस्तृत व्यवस्था गर्न लागेको बताइएको छ ।

सांसद् शेरबहादुर तामाङले लामो समयदेखि गाँजामाथिको प्रतिबन्ध फुकुवा हुनुपर्ने माग गर्दै आएका छन् । उनले गाँजा खेतीबाट ग्रामीणक्षेत्रका किसानले ठूलो फाइदा लिनसक्ने तर्क गर्दै आएका छन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि भिसन र अंकितालाई

पथरी, २९ बैशाख / ‘खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत म्याराथन दौड प्रतियोगिता

हिजाे साँझको हावाहुरीले झापामा कहाँ कहाँ कति क्षति भयाे ?

दमक , २८ बैशाख ।  आइतबार साँझ झापामा एकाएक हावाहुरी सहित भारी बर्षा भएकाे छ । आँधिहुरीका कारण जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको जिल्ला प्रहरी

तीनकुने घटनामा संलग्न शिव सेनाका अध्यक्ष पक्राउ

दमक, २८ बैशाख / चैत १५ गते राजावादीहरुको हिंसात्मक प्रदर्शनको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।   गत चैत

स्वस्थ जीवनका लागि युटर्नको सन्देश

पथरी, २८ बैशाख / मोरङको पथरी शनिश्चरेमा युटर्न इन्टरनेसनल प्रालिले स्वस्थ जीवन जिउने सन्दर्भमा सन्देशात्मक कार्यक्रम सम्पन्न गरेको छ ।   वडा नम्बर ९ स्थित