मेचीनगरमा पोथी हात्ती मृत फेला

फाईल तस्विर

मेचीनगर,२ असार । सोमबार अन्दाजी ९.४५ बजे मेचीनगर नगरपालिका वडा नम्बर १ कोसेली चोकस्थित लिलाप्रकाश रिजालको मकैबारीमा पोथी हात्ती मृत फेला परेको छ ।

 

 

मृत्युको कारण खुल्न सकेको छैन । आवश्यक अनुसन्धानका लागि डिभिजन वन कार्यालय झापाबाट टोली जाँदै गरेको जनाइएको छ ।

 

 

यसअघि जेठ १९ गते राति कमल गाउँपालिका वडा नं–३ मा रहेको रतुवामाई बृक्षरोपण आयोजनाको जंगलमा करेन्ट लागेर हात्ती मरेको थियो । त्यसको दुई साताअघि जेठ ७ गते बुद्धशान्ति–५ को पाँचपोखरी सामुदायिक वनमा जंगली हात्ती मृत फेला परेको थियो ।

 

 

योसंगै यस आर्थिक वर्षमा झापामा चारवटा जंगली हात्ती मरेका छन् । गत आर्थिक वर्षमा पनि जिल्लामा ४ वटा हात्ती मृत फेला परेका थिए । त्यस्तै यस आर्थिक वर्षमा हात्तीको आक्रमणमा परी झापामा चार जनाको ज्यान गइसकेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर