अलैँची खेती

हिमपातसँगै निरन्तर वर्षाले अलैँची खेती गर्ने किसान हर्षित

 

 

 

 

ताप्लेजुङमा हिमपातसँगै निरन्तर वर्षा भएपछि किसान हर्षित भएका छन् । सबैभन्दा बढी अलैँची खेतीमा संलग्न किसान हर्षित भएका छन् ।

जिल्लाको प्रमुख नगदे बालीका रूपमा रहेको अलैँची खेतीका लागि सिँचाइ गर्ने समयमा वर्षा भएपछि किसान हर्षित भएका हुन् । हिमपातसँगै वर्षा भएकाले सिँचाइ गर्न पर्याप्त पानी नभएका क्षेत्रका किसानलाई ठूलो राहत मिलेको छ । अलैँची सिँचाइमा मूलकोभन्दा आकाशे पानी राम्रो हुने किसान बताउँछन् । 

जिल्लामा शुक्रबार र शनिबार वर्षा भएपछि हिमपातसमेत भएको छ । फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपका विर्खबहादुर लिम्बू अलैँचीलाई सिँचाइ आवश्यक भएका बेला वर्षा भएकाले ठूलो राहत मिलेको बताउँछन् ।

अलैँची फूल फुल्ने र नयाँ टुसा आउने समयमा वर्षा भएकाले राहत मिलेको लिम्बूले बताए । मङ्सिरपछि किसानले अलैँची खेतीमा सिँचाइ गर्ने गर्दछन् । यो समयमा औल क्षेत्रमा अलैँची फूल्न थालेको र लेकाली क्षेत्रमा पूmल तथा टुसा पलाउने समय भएकाले वर्षाले फाइदा पुर्याएको किसानको भनाइ छ ।

यस्तै अन्य फलफूल तथा तरकारी खेतीलाई पनि वर्षाले फाइदा पु¥याएको छ । यतिबेला आलुखेतीको मौसम भएकाले वर्षाले फाइदा पुगेको हो । हिउँदमा बेला–बेलामा वर्षा भइदिँदा नगदेबाली अलैँचीसहित फलफूल, तरकारीलगायतका बालीलाई फाइदा पुग्ने र उत्पादन राम्रो हुने किसान बताउँछन् ।

जिल्लाको नौ स्थानीय तहका ६१ वडामध्ये फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाबाहेक सबै वडामा अलैँची खेती गरिन्छ । कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार यहाँ चार हजार ३०२ हेक्टर क्षेत्रफलमा अलैँची खेती गर्ने गरिएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टर्किएलाई हराएर अष्ट्रेलिया समूह ’डी’ को दोस्रो स्थानमा

काठमाडौं,३१ जेठ । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा अष्ट्रेलिया विजयी भएको छ । आइतबार भ्यानकुभरमा सम्पन्न समूह ‘डी’ को खेलमा अष्ट्रेलियाले टर्किएलाई २–० ले पराजित

भारतको नयाँ नियमले नेपाली चिया संकटमा

इलाम,३१ जेठ।नेपाली चियामा भारतले कडा प्राविधिक झन्झट थपेपछि इलामको सूर्योदय क्षेत्रका तिरपन्न वटा अर्थोडक्स चिया उद्योगहरू आगामी असार १ गतेदेखि पूर्ण रूपमा बन्द हुने भएका

अमेरिका–इरान शान्ति सम्झौता आजै हुने ट्रम्पको दाबी

एजेन्सी,३१ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौतामा आइतबार(आज) हस्ताक्षर हुने र त्यसपछि तुरुन्तै होर्मुज जलडमरू खुल्ने दावी गर्नु भएको छ् । ‘सम्झौता

सर्लाहीमा ईभीको ठक्करबाट एक महिलाको मृत्यु, एक घाइते

सर्लाही,३१ जेठ । सर्लाहीमा ईभी हाईस(माइक्रो)को ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने अर्की महिला घाइते भएकी छन् । जिल्लाको बागमती नगरपालिका–९ स्थित निर्माण चोक

नेतृत्वलाई दबाब दिन विराटनगरमा कांग्रेस इतर पक्षको शक्ति प्रदर्शन

विराटनगर,३१ जेठ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आज विराटनगरमा प्रदेशस्तरीय भेला आयोजना गर्दै पार्टी नेतृत्वमाथि दबाब सिर्जना गर्ने तयारी गरेको छ । कोशी प्रदेशका

दमक नगरपालिकाद्वारा वडागत बजेट सिलिङ सार्वजनिक ,कुन वडालाई कति?

दमक,३० जेठ।“औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध नगर“ भन्ने सुन्दर नाराका साथ अघि बढिरहेको कोशी प्रदेश, नेपालको झापा जिल्लास्थित दमक नगरपालिकाको कार्यालयले