जाल्पा सामुदायिक लघुवित्तको आईपीओमा मागभन्दा ६६ गुणा बढी आवेदन 

 

 

 

 

काठमाडौं गत शुक्रवारदेखि निष्कासनमा आएको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओमा साढे २६ लाखभन्दा बढी आवेदन परेको छ।

सिडिएस एण्ड क्लियरिङका अनुसार मंगलवार साँझसम्म कम्पनीको आईपीओमा २६ लाख ५९ हजार ५४० जना आवेदकबाट ३ अर्ब २५ करोड २० लाख ५८ हजार रुपैयाँ बराबरको ३ करोड २५ लाख २० हजार ५८० कित्ता सेयरका लागि आवेदन परेको हो । यो सर्वसाधारणलाई छुट्याएको ४ लाख ८७ हजार ९०० कित्ताको ६६ दशमलव ६५ गुणाले बढी हो।

कम्पनीले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ सर्वसाधारणमा विक्रीमा ल्याएको हो। कम्पनीले कुल कित्ता आईपीओमध्ये ८ हजार कित्ता कर्मचारीहरुका लागि र २६ हजार १०० कित्ता सामूहिक लागानी कोषहरुलाई सुरक्षित गरेको छ। यी बाहेक बाँकी ४ लाख ८७ हजार ९०० कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमा आएको हो।

हालको आईपीओ बाँडफाँटको व्यवस्था अनुसार ४८ हजार ७९० जनाले जाल्पा सामुदायिक लघुवित्तको सेयर १० कित्ताका दरले प्राप्त गर्नेछन्।

हाल १० करोड ७८ लाख रुपैयाँ रहेको कम्पनीको चुक्तापूँजी   आईपीओ बाँडफाँटपश्चात् १६ करोड रुपैयाँ पुग्नेछ।
 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अदालतको बीमापोष्ट हटाउने आदेशप्रति पत्रकार संघको आपत्ति

काठमाडौं,४ जेठ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले जिल्ला अदालत काठमाडौंले अनलाइन सञ्चार माध्यम बीमापोष्ट डटकमविरुद्ध जारी गरेको अन्तरिम आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ

चीनमा भूकम्प, नागरिकलाई सुरक्षित स्थानमा सारियो

चीनको दक्षिणी ग्वाङ्सी झुआङ स्वायत्त क्षेत्रस्थित लिउझोउ सहरमा सोमबार बिहान ५।२ म्याग्निच्युडको भूकम्प गएको छ । स्थानीय प्रशासनका अनुसार भुकम्पले गर्दा बिहान ४ बजेसम्म १३

सोती लोकमार्ग सडक निर्माणमा ढिलाइ भएकोप्रति सरकारको ध्यानाकर्षण

काठमाडौं,४ जेठ । रास्वपाका सांसद केपी खनालले दक्षिणमा भारत र उत्तरमा चीनको नाग्लाकोट नाकासम्म जोड्ने सोती लोकमार्ग सडक निर्माणमा ढिलाइ भएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन्

पत्रकारको हरिबिजोग देखेर मन खिन्न हुन्छ : सांसद सुनार

काठमाडौं,४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले रिपोर्टिङमा खटिएका संसदीय पत्रकारहरुले भोग्नुपरेको कठिनाइबारे सरकारको ध्यानाकर्षण गराउनु भयो । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै

वायु प्रदूषणका कारण झापामा क्यान्सर पीडित बढी रहेका छन् : इन्दिरा राना मगर

काठमाडौं,४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले औद्योगिक क्षेत्र र वायु प्रदूषणका कारण नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु

’बाँदर मार्नुपर्छ’ भन्ने अभिव्यक्तिप्रति सांसद तामाङको आपत्ति

काठमाडौं,४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले श्रम संस्कृति पार्टीका सांसद ध्रुव राईले संसदमा राखेको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ। सोमबार प्रतिनिधिसभाको बैठकमा