काठमाडौं– मंगलबार सुन तथा चाँदी दुवैको भाउ बढेको छ। अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज छापावाल सुन ९३ हजार ४ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ।
यसैगरी, आज तेजावी सुनको भाउ प्रतितोला ९२ हजार ९ सय रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ। यसअघि मंगलबार छापावाल सुनको भाउ तोलाको ९३ हजार १ सय रुपैयाँ तथा तेजावी सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदी १२ सय ८० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिनको भन्दा चाँदीको मूल्य २० रुपैयाँले बढेको हो।
यसअघि मंगलबार चाँदी १२ सय ६० रुपैयाँ तोलामा कारोबार भएको थियो। महासंघले अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य तोक्दै आएको छ।