पुरस्कारमा सहयोग

स्व. पाठकको नाममा स्थापित लेखनवृत्तिका लागि पत्रकार भण्डारीबाट नगद सहयोग

स्व. नेत्र पाठक झापामा प्रेस स्वतन्त्रता, संगठन निर्माण र पत्रकार आन्दोलका अगुवा व्यक्तित्वको रूपमा स्मरण गरिन्छ।

बिर्तामोड,  ६ असार | पत्रकारिता क्षेत्रमा योगदान दिने उद्देश्यले स्थापित लेखनवृत्तिलाई सशक्त बनाउँदै, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष अम्विका भण्डारीले नगद सहयोग प्रदान गर्नुभएको छ ।

उहाँले प्रेस चौतारी झापाका संस्थापक अध्यक्ष स्व. नेत्र पाठकको नाममा स्थापित लेखनवृत्तिका लागि नगद रु ५,०००।– हस्तान्तरण गर्नुभएको हो। सो सहयोग आज बिर्तामोडमा आयोजित ३२ औं द्रोणाचार्य स्मृति दिवसको अवसरमा चौतारीका अध्यक्ष प्रदिप परियारलाई प्रदान गरिएको हो ।

कार्यक्रममा भण्डारीले पत्रकारिता क्षेत्रमा वरिष्ठहरूको योगदान सम्झनु र सम्मान गर्नु पछिल्ला पुस्तालाई प्रेरित गर्ने माध्यम हुने बताउँदै भन्नु भयो , “लेखनवृत्तिको नाममा गरिएको यो सानो सहयोग पत्रकारहरूलाई सिर्जनात्मक लेखनमा अघि बढ्न थप हौसला दिनेछ।”

कार्यक्रममा प्रेस चौतारीका पदाधिकारी, स्थानीय पत्रकारहरू र सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

स्व. नेत्र पाठक झापामा प्रेस स्वतन्त्रता, संगठन निर्माण र पत्रकार आन्दोलका अगुवा व्यक्तित्वको रूपमा स्मरण गरिन्छ। उहाँकै सम्झनामा स्थापित लेखनवृत्ति मार्फत हरेक वर्ष एक जना पत्रकारलाई प्रेरणादायी लेखनका लागि प्रोत्साहन गरिने प्रेस चौतारीले जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर