रातमा घातक दुर्घटना

झापामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा,७ असार  |   झापाको कमल गाउँपालिका–५ स्थित रतुवा पुलमा गएराति ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको ज्यान गएको छ। दुर्घटना असार ६ गते अर्थात हिजो  राति करिब ९:३० बजे भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

मे १ ख ३३१८ नम्बरको ट्रकले सोही दिशाबाट गइरहेको मे ९ प ८९०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कमल गाउँपालिका–५ का ३० वर्षीय सुशील राई गम्भीर घाइते भएका थिए। उनलाई तत्कालै उपचारका लागि निम्स अस्पताल दमकमा पुर्‍याइएको थियो। प्रारम्भिक उपचारपछि थप उपचारका लागि बिर्तामोडस्थित बीएनसी अस्पताल रिफर गरिएको थियो।

 

 

 

 

 

तर, बीएनसी लैजाने क्रममा दमक नगरपालिका–६ गणतन्त्र चोक नजिकै पुगेपछि राईको स्वास्थ्य अवस्था झन् गम्भीर बनेको बताइएको छ। आफन्तहरूले शंका जनाएपछि उनलाई पुनः निम्स अस्पताल फर्काइएको थियो, जहाँ डाक्टरले राति ९:५५ बजे मृत घोषणा गरे।

 

 

 

दुर्घटनामा संलग्न ट्रक र चालक झापा अर्जुनधारा नगरपालिका–७ निवासी ५३ वर्षीय रघुनाथ सिटौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। ट्रकसमेत नियन्त्रणमा लिइएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

 

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ भने मृतकको शव अहिले दमकस्थित अस्पतालमा राखिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर