बालबालिकालाई सेवन गराइदैछ स्वर्णविन्दु, रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने—

दमक, ११ असार । के तपाईले स्वर्णविन्दु प्राशन भन्नेबारेमा थाह छ ? के हो यो ? यसले आम बालबालिकाको क्षमतामा कस्तो प्रभाव पार्छ ? किन यसको सेवनकालागी उमेर समुह र समय तालीकानै बनाइएको छ ? यसबारेमा गहिरिएर बुझ्न आवश्यक छ । र आजको यो रिपोर्टमा हामी तपाईलाई यसबारेमा जानकारी दिने प्रयास गर्ने छौ ।

 

स्वर्णविन्दु प्राशन यो स्वर्ण भष्मलाई बिभिन्न औषधीहरु मिसाएर घिउ र महका साथ ६ महिना देखी ७ वर्ष सम्मका बालबालिकाहरुलाई दिइन्छ । यसको नियमीत सेवनले रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्नुका साथै पाचन शक्ति बढाउने, मानसिक रुपमा स्फुर्त पार्दै समग्र स्वास्थ्य लाभ गराउँछ । र यो कोशी प्रदेशमै पहिलो पटक झापाको कमल स्थित प्रादेशीक आयूर्वेदिक अस्पतालमा यस क्षेत्रका सबै बालबालिकाहरुलाई खुवाइदै छ । यसबारेमा जानकारी दिन बुधबार अस्पतालले पत्रकार सम्मेलनको आयोजना गरेको थियो । पत्रकार सम्मेलना स्वर्णविन्दु प्राशन बारे जानकारीदिनुहुदै आयूर्वेदिक चिकित्सक अजुन अर्यालले भन्नु भयो ‘यसले बालबालिकाको सर्वाङ्गीण विकास गराउँछ त्यसैले तालीका मिलाएर हरेक महिनाको पुष्य नक्षत्रमा यसको सेवन गराउनै पर्छ ।’

 

 

बालबालिकाकालागि अचुक औषधीय गुण रहेको स्वर्णविन्दु प्राशन यही असार १४ गते शुक्रबारका दिन प्रादेशीक आयूवेदिक अस्पतालमा सेवन गराइदै छ । यो पूर्णरुपमा निशुल्क रहेको र प्रदेशमै पहिलो पटक यसको सेवन गराउने कार्यक्रम राखीएको अस्पतालका निर्देशक डा. सिद्धार्थ ठाकुरले जानकारी दिनुभयो ।

 

साथै आयूर्वेदिक विषेशज्ञहरुद्धारा निर्मित मात्रै शुद्ध स्वर्णविन्दु प्राशन सेवन गर्न र यसको नक्कली उत्पादनबाट चाहि बच्न समेत सुझाव दिइएको छ । हरेक महिनाको प्ुष्य नक्षत्रमा मात्रै सेवन गर्न मिल्ने भएकोले त्यस अनुसार आयूवेदिक चिकित्सकले जारी गरेको तालीकालाई निरन्तर्ता दिन पनि सुझाव दिइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

वीरगन्जको मेन रोडलाई सहरी मार्ग बनाउन माग गर्दै विरोध प्रदर्शन

वीरगन्ज,११ जेठ । वीरगन्जको मुख्य व्यापारिक केन्द्र मेन रोडलाई सहरी मार्ग कायम गर्न माग गर्दै स्थानीय घरधनी तथा व्यवसायीहरूले आइतबार विरोध प्रदर्शन गरेका छन् ।

डलर र कच्चा तेलको मूल्य घट्दा अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं,११ जेठ । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । अमेरिकी डलर कमजोर हुनु तथा कच्चा तेलको मूल्य घट्नुका कारण

मापसे र तीव्र गति नियन्त्रण गर्न मकवानपुर प्रहरीको विशेष अभियान

हेटौंडा,११ जेठ । जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले मदिरा सेवन गरी सवारी साधन चलाउने चालकहरू विरुद्ध कडा चेकिङ अभियान सुरु

’भएका कुराको सदुपयोग नहुँदा नेपाल पछि पर्यो’ : सञ्चारमन्त्री तिमल्सिना

काठमाडौं,११ जेठ । सञ्चारमन्त्री बिक्रम तिमल्सिनाले नेपाल पछाडि पर्नुको मुख्य कारण स्रोत र सम्भावनाको अभाव नभई भएका सम्पदा र क्षमताको सही सदुपयोग गर्न नसक्नु रहेको

गगन थापाको उद्घोषपछि पनि कर्णालीमा सरकार बदल्ने कसरत सुस्त

सुर्खेत,१० जेठ । २०८१ साउनदेखि कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको समर्थनमा एमालेका यामलाल कँडेल नेतृत्वमा सरकार सञ्चालनमा रहेको छ । एमाले–कांग्रेसको सहमती अनुसार गत चैत्रमा

जनस्वास्थ्य सुधारका लागि सुर्तीजन्य पदार्थमा भारी कर वृद्धिको माग

काठमाडौं,१० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा स्वास्थ्य विभाग प्रमुख तोसिमा कार्कीले सुर्तीजन्य पदार्थमा लाग्ने करको दरलाई वृद्धि गरी कम्तीमा ५० प्रतिशत