बालबालिकालाई सेवन गराइदैछ स्वर्णविन्दु, रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने—

दमक, ११ असार । के तपाईले स्वर्णविन्दु प्राशन भन्नेबारेमा थाह छ ? के हो यो ? यसले आम बालबालिकाको क्षमतामा कस्तो प्रभाव पार्छ ? किन यसको सेवनकालागी उमेर समुह र समय तालीकानै बनाइएको छ ? यसबारेमा गहिरिएर बुझ्न आवश्यक छ । र आजको यो रिपोर्टमा हामी तपाईलाई यसबारेमा जानकारी दिने प्रयास गर्ने छौ ।

 

स्वर्णविन्दु प्राशन यो स्वर्ण भष्मलाई बिभिन्न औषधीहरु मिसाएर घिउ र महका साथ ६ महिना देखी ७ वर्ष सम्मका बालबालिकाहरुलाई दिइन्छ । यसको नियमीत सेवनले रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्नुका साथै पाचन शक्ति बढाउने, मानसिक रुपमा स्फुर्त पार्दै समग्र स्वास्थ्य लाभ गराउँछ । र यो कोशी प्रदेशमै पहिलो पटक झापाको कमल स्थित प्रादेशीक आयूर्वेदिक अस्पतालमा यस क्षेत्रका सबै बालबालिकाहरुलाई खुवाइदै छ । यसबारेमा जानकारी दिन बुधबार अस्पतालले पत्रकार सम्मेलनको आयोजना गरेको थियो । पत्रकार सम्मेलना स्वर्णविन्दु प्राशन बारे जानकारीदिनुहुदै आयूर्वेदिक चिकित्सक अजुन अर्यालले भन्नु भयो ‘यसले बालबालिकाको सर्वाङ्गीण विकास गराउँछ त्यसैले तालीका मिलाएर हरेक महिनाको पुष्य नक्षत्रमा यसको सेवन गराउनै पर्छ ।’

 

 

बालबालिकाकालागि अचुक औषधीय गुण रहेको स्वर्णविन्दु प्राशन यही असार १४ गते शुक्रबारका दिन प्रादेशीक आयूवेदिक अस्पतालमा सेवन गराइदै छ । यो पूर्णरुपमा निशुल्क रहेको र प्रदेशमै पहिलो पटक यसको सेवन गराउने कार्यक्रम राखीएको अस्पतालका निर्देशक डा. सिद्धार्थ ठाकुरले जानकारी दिनुभयो ।

 

साथै आयूर्वेदिक विषेशज्ञहरुद्धारा निर्मित मात्रै शुद्ध स्वर्णविन्दु प्राशन सेवन गर्न र यसको नक्कली उत्पादनबाट चाहि बच्न समेत सुझाव दिइएको छ । हरेक महिनाको प्ुष्य नक्षत्रमा मात्रै सेवन गर्न मिल्ने भएकोले त्यस अनुसार आयूवेदिक चिकित्सकले जारी गरेको तालीकालाई निरन्तर्ता दिन पनि सुझाव दिइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर