शिक्षक महासङ्घको असहमतिमा अड्कियो शिक्षा विधेयक—

दमक , १६ असार । नेपाल शिक्षक महासङ्घ र शिक्षा मन्त्रालयबिच कुरा नमिल्दा विद्यालय शिक्षा विधेयक अड्किएको छ । आज शिक्षा समिति बैठकमा विधेयक पास गर्ने तयारी थियो । तर, विधेयकमा महासङ्घले असहमति जनाएपछि विधेयक अड्किएको हो। विधेयकमा अस्थायी, करार तथा राहत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउने विषयमा महासङ्घले आपत्ति जनाएको छ ।

 

 

विधेयकमा ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुल्ला प्रतिस्पर्धाबाट स्थायी गराउने सहमति जुटेको छ । तर, महासङ्घले ७५–२५ हुनुपर्ने माग राख्दै आएको छ। सोही अनुसार नहुने भएपछि महासङ्घले सहमति नजनाउने बताएको छ। आज दिउँसो शिक्षामन्त्री रघुजी पन्तले ६०–४० मा सहमति जनाउन शिक्षकहरूलाई अनुरोध गर्नु भएको थियो । तर, महासङ्घले विगतमा भएको सहमति विपरीत जान नसकिने बताँएको छ ।

 

 

त्यस्तै कार्य सम्पादन मूल्याङ्कनको विषयमा समेत महासङ्घले आपत्ति जनाएको छ। उपसमितिको प्रतिवेदनमा शिक्षकहरूले पाँच वर्षमा ९० अङ्क ल्याउनुपर्ने प्रावधान राखिएको छ। तर, शिक्षकहरूले ९० अङ्क प्राविधिक रूपमा अव्यवहारिक हुने बताउँदै घटाउनुपर्ने बताएका हुन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर