दमक चीनाउने पाठ्क्रम

हाम्रो दमक पाठ्यक्रम तथा पाठ्य पुस्तक सार्वजनक—

दमक, असार १६ । दमक नगरपालिकाले स्थानीय पाठ्यक्रम तथा पाठ्य पुस्तक सार्वजनक गरेको छ । आज एक औपचारीक कार्यक्रमको आयोजना गरि नगरपालिकाले कक्षा १ र २ को पाठ्यपुस्तक सार्वजनीक गरेको हो भने कक्षा १ देखी ९ सम्मको पाठ्यक्रम सावर्जनीक गरेको हो । नगर प्रमुख राम थापा, शिक्षा समिती अध्यक्ष कुवेर भट्टराई र पाठ्यक्रम तथा पाठ्पुस्तक निर्माण समितीका संयोजक कृष्ण भण्डारीले पुस्तकहरुको संयूक्त सार्वजनीक गर्नु भएको हो । यसले दमकको शैक्षिक क्षेत्रको विकासमा नयाँ फड्को मारेको सार्वजनीक पछि बोल्दै नगर प्रमुख थापाले बताउनु भयो । सो क्रममा उहाँले दमकको शिक्षा विकास र सुधार गर्नकालागी नगरको मात्रै प्रयास र योजनामा साध्य नहुने भन्दै संघीय सरकारले दिने भनीएको बजेट समेत नदिदा काम गर्न कठीनाई भएको बताउनु भयो । ३ करोड दिने भनिएको बजेटमा यो पटक एक करोड पनि नदिदा शिक्षामा चाहे जस्तो काम गर्न नसकीएको उल्लेख गर्नुभयो ।

 

 

स्थानीय श्रोत, साधन, भाषा, संस्कार, संस्कृती, रहनसहन र नगरका ऐतिहाँसिक तथा राष्ट्रिय स्तरमा योगदान गरेका व्यक्तित्वको जीवनी समेत यी पुस्तकमा समेटिएको समितीका संयोजक भण्डारीको भनाई छ । यसभन्दा अघी प्रकाशनमा रहेका पुस्तकहरुले भुगोल र माटो सुहाउने पाठ्य सामाग्री नभएको भन्दै संविधानले नै स्थानीय भुगोल चिनाउने पाठ्य पुस्तक र पाठ्यक्रम निर्माणकालागी दिएको अधिकार बमोजीम दमकमा पनि तयार गरिएको भण्डारीले बताउनु भयो ।

 

यही शैक्षिक सत्रदेखी दमकमा निजी तथा सामुदायीक विद्यालयमा यी पुस्तकहरु पठन पाठनकालागी पठाइने नगरको शिक्षा शाखाका शिक्षा अधिकृत सोम गुरागाईले जानकारी दिनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोल्पा जीप दुर्घटनामा २० जनाको मृत्यु —राज्यको मौनता र नागरिकको चित्कार

रोल्पा ,१९ वैशाख । रुकुम पूर्वबाट रोल्पाको थवाङतर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको जीप दुर्घटना भएको आज तीन दिन बितेको छ। ७०० मिटर

नातीको नाममा अक्षय कोष स्थापना

दमक । १९ बैशाख । दमक ६ निवासी ऐश्वर्य तिम्सिनाले आफ्‌नो नातीको नाममा अक्षय कोष स्थापना गर्नु भएको छ ।   दमक ९ मा रहेको

मेची भन्सारले संकलन गर्यो १३ अर्ब १४ करोड राजस्व

झापा,१९ वैशाख । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२÷८३ को चैत मसान्तसम्म रु १३ अर्ब १४ करोड ४५ लाख ८१ हजार राजश्व संकलन गरेको

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले