मूल्यवृद्धिको विरुद्ध विरोध

झापामा एमसीसी सम्झौता र मूल्य वृद्धिविरुद्ध प्रदर्शन

 

 

 

झापा । नेपाल कम्युनिस्ट पार्टी झापाले एमसीसी सम्झौता र मूल्यवृद्धिको विरुद्ध विरोध प्रदर्शन गरेको छ।

 

शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले पटक पटक मूल्यवृद्धि गरेको र राष्ट्रघाती  एमसीसी सम्झौता सांसदबाट अनुमोदन गर्न गरेको प्रयत्न नेपालको राष्ट्रिय स्वाधीनता माथिको निर्मम प्रहार र दुस्साहस भएको ठहर गर्दै एमसीसी र मूल्यवृद्धिको विरुद्ध प्रदर्शन गरेको हो । प्रर्दशनकारीहरुले

राष्ट्रघाती एमसिसी सम्झौता खारेज गर , राष्ट्रघाती दलालहरू होसियार, राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ, पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर जस्ता नारा लगाएका थिए ।

झापाको बिर्तामोड स्थित इलाम स्टेसन बाट जुलुससहित सुरु भएको विरोध प्रदर्शन मुक्ति चौक हुँदै  पुनः इलाम स्टेसनमा आएर कोणसभामा परिणत भएको थियो । विरोध सभाको सञ्चालन पार्टीका जिल्ला कार्यालय सचिव सञ्जय राईले गरेका थिए भने  नेपाल कम्युनिस्ट पार्टीका झापा जिल्ला सचिव प्रशान्त थापा प्रमुख वक्ता रहेका थिए ।

सभालाई बुद्धिजीवी सङ्गठनका केन्द्रीय सदस्य सुरेन्द्र कार्की, पार्टीका जिल्ला सदस्य जितु तामाङ लगायतले सम्बोधन गर्दै सत्ताधारी दलहरूलाई राष्ट्रघाती एमसीसी सम्झौता अनुमोदन नगर्न चेतावनी दिए । देशको सीमा अतिक्रमण र महँगीको समस्या संसदीय पुँजीवादी राज्यसत्ताको समस्या भएको भन्दै यो व्यवस्था रहँदासम्म कहिल्यै समाधान नहुने दाबी गर्दै वैज्ञानिक समाजवादी व्यवस्थामा मात्र राष्ट्रियता, जनतन्त्र र जनजीविकाको समस्या समाधान हुने उनीहरूले बताए ।

 

एमसीसी विरुद्धको आन्दोलन नेपालको स्वाधीनता रक्षाका लागि भएको बताउँदै जिल्ला सचिव थापाले कुनै पनि हालतमा एमसीसी लागू गर्न नदिने उद्घोष गरेका थिए । विरोध सभामा बोल्दै उनले सम्पूर्ण जनता एमसिसीको विरुद्धमा रहेकाले  राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्न माग गरे ।

 

त्यस्तै सभालाई सम्बोधन गर्दै बुद्धिजीवी सङ्गठनका केन्द्रीय सदस्य सुरेन्द्र कार्कीले  एमसीसी सम्झौता नेपालको हितविपरित भएको भन्दै यसलाई सिधै खारेज गर्नुपर्ने बताए । उनले एमसीसीमार्फत् नेपाली जनतामाथि अमेरिकी बन्दुक लादिन खोजेको भन्दै आवश्यक परे यसका विरुद्ध बलिदान दिन तयार हुनुपर्ने बताए ।

 

त्यस्तै सभालाई सम्बोधन गर्दै जिल्ला सदस्य जितु तामाङले काँग्रेस, एमाले, माकेभित्रका दलालहरूलाई एमसीसी चाहिएको भए देश छोडी अमेरिका गएर बस्न चेतावनी दिँदै पाँचतारे होटेलमा बसेर एमसीसी पास गर्ने षड्यन्त्र गरिएको त्यो उनीहरूका लागी महँगो हुने बताए ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सुनसरीको देवानगन्जबाट ५७ किलो गाँजासहित मोटरसाइकल बरामद

सुनसरी,२८ असोज। सुनसरीको देवानगन्ज गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ५७ किलो गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भने प्रहरीलाई देखेलगत्तै फरार भएका छन्।जिल्ला

झापामा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनमा जोड

भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ

नेपालको कानुनमा बेपत्ता व्यक्तिको मृत्यु घोषणा: कानुनी व्यवस्था र व्यावहारिक चुनौती

धेरै पीडित परिवारलाई मृत्युको न्यायिक घोषणा गर्ने कानुनी प्रक्रिया नै थाहा हुँदैन। जानकारी भएका परिवार पनि आर्थिक अभावका कारण अदालतसम्म पुग्न सक्दैनन्।

आगामी महाधिवेशन राप्रपाको ‘टर्निङ पोइन्ट’ हुनुपर्छ : राजेन्द्र लिङ्देन

काठमाडौं,२७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई पुनर्गठन गरेर अगाडि बढाउनुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित नेपाल