मूल्यवृद्धिको विरुद्ध विरोध

झापामा एमसीसी सम्झौता र मूल्य वृद्धिविरुद्ध प्रदर्शन

 

 

 

झापा  नेपाल कम्युनिस्ट पार्टी झापाले एमसीसी सम्झौता र मूल्यवृद्धिको विरुद्ध विरोध प्रदर्शन गरेको छ।

 

शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले पटक पटक मूल्यवृद्धि गरेको र राष्ट्रघाती  एमसीसी सम्झौता सांसदबाट अनुमोदन गर्न गरेको प्रयत्न नेपालको राष्ट्रिय स्वाधीनता माथिको निर्मम प्रहार र दुस्साहस भएको ठहर गर्दै एमसीसी र मूल्यवृद्धिको विरुद्ध प्रदर्शन गरेको हो । प्रर्दशनकारीहरुले

राष्ट्रघाती एमसिसी सम्झौता खारेज गर , राष्ट्रघाती दलालहरू होसियार, राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ, पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर जस्ता नारा लगाएका थिए ।

झापाको बिर्तामोड स्थित इलाम स्टेसन बाट जुलुससहित सुरु भएको विरोध प्रदर्शन मुक्ति चौक हुँदै  पुनः इलाम स्टेसनमा आएर कोणसभामा परिणत भएको थियो । विरोध सभाको सञ्चालन पार्टीका जिल्ला कार्यालय सचिव सञ्जय राईले गरेका थिए भने  नेपाल कम्युनिस्ट पार्टीका झापा जिल्ला सचिव प्रशान्त थापा प्रमुख वक्ता रहेका थिए ।

सभालाई बुद्धिजीवी सङ्गठनका केन्द्रीय सदस्य सुरेन्द्र कार्की, पार्टीका जिल्ला सदस्य जितु तामाङ लगायतले सम्बोधन गर्दै सत्ताधारी दलहरूलाई राष्ट्रघाती एमसीसी सम्झौता अनुमोदन नगर्न चेतावनी दिए । देशको सीमा अतिक्रमण र महँगीको समस्या संसदीय पुँजीवादी राज्यसत्ताको समस्या भएको भन्दै यो व्यवस्था रहँदासम्म कहिल्यै समाधान नहुने दाबी गर्दै वैज्ञानिक समाजवादी व्यवस्थामा मात्र राष्ट्रियता, जनतन्त्र र जनजीविकाको समस्या समाधान हुने उनीहरूले बताए ।

 

एमसीसी विरुद्धको आन्दोलन नेपालको स्वाधीनता रक्षाका लागि भएको बताउँदै जिल्ला सचिव थापाले कुनै पनि हालतमा एमसीसी लागू गर्न नदिने उद्घोष गरेका थिए । विरोध सभामा बोल्दै उनले सम्पूर्ण जनता एमसिसीको विरुद्धमा रहेकाले  राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्न माग गरे ।

 

त्यस्तै सभालाई सम्बोधन गर्दै बुद्धिजीवी सङ्गठनका केन्द्रीय सदस्य सुरेन्द्र कार्कीले  एमसीसी सम्झौता नेपालको हितविपरित भएको भन्दै यसलाई सिधै खारेज गर्नुपर्ने बताए । उनले एमसीसीमार्फत् नेपाली जनतामाथि अमेरिकी बन्दुक लादिन खोजेको भन्दै आवश्यक परे यसका विरुद्ध बलिदान दिन तयार हुनुपर्ने बताए ।

 

त्यस्तै सभालाई सम्बोधन गर्दै जिल्ला सदस्य जितु तामाङले काँग्रेस, एमाले, माकेभित्रका दलालहरूलाई एमसीसी चाहिएको भए देश छोडी अमेरिका गएर बस्न चेतावनी दिँदै पाँचतारे होटेलमा बसेर एमसीसी पास गर्ने षड्यन्त्र गरिएको त्यो उनीहरूका लागी महँगो हुने बताए ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

यो देश गीत गाएर राजनीतिक भाषण ठोकेर बनेको देश होइन ? ज्ञानेन्द्र शाही

काठमाडौं,२६ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले नेपालको सीमासम्बन्धी विषयलाई राष्ट्रिय सरोकारको अतिसंवेदनशील मुद्दा भएको बताउनु भएको छ । बुधबार प्रतिनिधिसभाको

के गणतन्त्रले ल्याएको धर्म निरपेक्षताको फल यही हो ?

काठमाडौं,२७ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले आफूलाई सामाजिक सञ्जालमार्फत ज्यानमार्ने, बलात्कार गर्ने तथा भौतिक आक्रमण गर्ने धम्की आइरहेको बताउनु भएको

दुई देशको सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो परराष्ट्रमन्त्री खनाल

काठमाडौं २७ जेठ। परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने आधार तयार गरेको बताउनु भएको छ । बुधबार बसेको प्रतिनिधिसभा

पेलेर जाने कि सम्हालेर लाने ? हर्क साम्पाङ

  काठमाडौं,२८ जेठ । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेनको सिमा विवाद सम्बन्धी धारणा लिखितरुपमा भएपनि आउनुपर्ने बताउनु भयो । प्रतिनिधिसभाको बैठकमा बोल्दै

शैक्षिक परामर्श सेवामा धरौटी : राज्य किन “हलो अड्काएर गोरु कुट्ने” बाटोमा ?

विद्यार्थीको भविष्य सुरक्षित बनाउने नाममा राज्यले ल्याउन खोजेको अत्यधिक धरौटीको व्यवस्था वास्तवमै समाधान हो कि समस्याको अर्को रूप ? आज यो प्रश्न शैक्षिक परामर्श क्षेत्रमा

सहकारी क्षेत्र बिकासका लागि हस्तक्षेपकारी होइन सहयागि बन्नु पर्छ : सचिव भुजेल

काठमाडौं,२७ जेठ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले सहकारी क्षेत्र नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार भएकाले यसको प्रवद्र्धन आवश्यक रहेको बताउनु भएको