दमक बालमैत्री वडा

जिससद्धारा बालमैत्री वडा उन्मुख सुचक प्राप्तिको अनुगमन

दमक, असार १६ । बाल अधिकारलाई स्थानीय शासनको मूलधारमा ल्याउने उद्देश्यसहित दमक नगरपालिका अब पूर्ण बालमैत्री नगर बन्ने लक्ष्यमा अघि बढेको छ। आउँदो आर्थिक वर्ष २०८३ लाई बालमैत्री नगर घोषणा गर्ने तयारीमा जुटेको दमकले वडास्तरमा सूचकहरू पूरा गर्दै घोषणाको अन्तिम चरणमा रहेका छन् ।

 

दमक नगरपालिकाले आर्थिक वर्ष २०८३ लाई बालमैत्री नगरको रूपमा घोषणा गर्ने तयारी गरिरहेको छ। बाल अधिकार सुनिश्चित गर्ने उद्देश्यले नगरले आवश्यक प्रक्रिया अघि बढाएको हो। यसअघि नै दमक नगरपालिका–५ बालमैत्री वडा घोषणा भइसकेको छ भने वडा नम्बर १ र २ पनि यसै आर्थिक वर्षको अन्त्यसम्ममा बालमैत्री वडा घोषणा गर्ने लक्ष्यसहित त्यसको अन्तिम चरणमा रहेका छन् । सोक्रममा जिल्ला अनुगमन समिती झापाका प्रमुख जिल्ला समन्वय समितीका प्रमुख बिश्वनाथ बराल, उप— प्रमुख शान्ता रोक्का क्षेत्री लगायतको टोलीले बालमैत्री वडा उन्मुख सुचक प्राप्तिको अनुगमन अन्तरक्रिया र सर्बेक्षण गरेको छ ।

 

 

दमक नगरपालिकाको हलमा भएको अन्तरक्रिया कार्याक्रममा अनुगमन समिती सहित दमक नगरपालिकाका नगर प्रमुख उपप्रमुख, बिद्यालयका बालबालिका, शिक्षक, सुरक्षा निकायका प्रमुख, पत्रकार, बालक्लबका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । कायक्रममा बालमैत्री शासन घोषणा समिती सदस्य शेषकुमार निरौलाले दीपिनी आधारभुत बिद्यालयका प्रधानाध्यपक शेषकुमार निरौलाले वडाहरुले पूरा गरेका सुचकका बारे प्रस्तुति दिनुभएको थियो । सोक्रममा निरौलाले वडा नं. १ को करिब ८६ प्रतिषत र वडा नं. २ ले ९० प्रतिषतभन्दा बढी सूचक पूरा गरेको तथ्याङक प्रस्तुत गर्नुभएको थियो ।

 

 

जिल्ला समन्वय समितीका प्रमुृख बिश्वनाथ बराल बालमैत्री शासन घोषणाका अभारभूत मापदण्डहरु पुरा गरेको देखिएको र तथ्याङकले पनि त्यो कुरा स्पष्ट गरेकाले बालमैत्री वडा घोषणा गर्न समस्या नहुने धारणा राख्नुहुन्छ ।

अन्तरक्रिया पश्चात जिल्ला समन्वय समितिका प्रमुख बराल नेतृत्वको टोलीले वडा नं. १ र २ मा स्थलगत अनुगमन गरेको छ। टोलीले विद्यालय, वडा कार्यालय र टोल विकास संस्थामा पुगेर सूचकहरूको प्राप्ति र कार्यान्वयन अवस्थाबारे जानकारी लिएको हो। स्थलगत निरीक्षणका क्रममा अनुगमन टोलीले विद्यालयमा सञ्चालन भइरहेका बाल क्लब, बाल सुरक्षा प्रणाली, बाल सहभागिता तथा टोल विकास संस्थाले बालमैत्री वातावरण निर्माणमा खेलेको भूमिका पनि अवलोकन गरेको थियो। दमक नगरपालिकाले सम्पूर्ण वडालाई क्रमशः बालमैत्री वडाका रूपमा विकास गर्दै, नगरलाई पूर्णरूपमा बालमैत्री नगर घोषणा गर्ने योजना अघि सारेको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोल्पा जीप दुर्घटनामा २० जनाको मृत्यु —राज्यको मौनता र नागरिकको चित्कार

रोल्पा ,१९ वैशाख । रुकुम पूर्वबाट रोल्पाको थवाङतर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको जीप दुर्घटना भएको आज तीन दिन बितेको छ। ७०० मिटर

नातीको नाममा अक्षय कोष स्थापना

दमक । १९ बैशाख । दमक ६ निवासी ऐश्वर्य तिम्सिनाले आफ्‌नो नातीको नाममा अक्षय कोष स्थापना गर्नु भएको छ ।   दमक ९ मा रहेको

मेची भन्सारले संकलन गर्यो १३ अर्ब १४ करोड राजस्व

झापा,१९ वैशाख । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२÷८३ को चैत मसान्तसम्म रु १३ अर्ब १४ करोड ४५ लाख ८१ हजार राजश्व संकलन गरेको

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले