दमक, १६ असार | बढ्दो सहरीकरण र प्रविधिमा निर्भर जीवनशैलीले गर्दा आजका धेरै बालबालिका कृषिप्रति टाढिँदै गएका छन्। तर, डेलिया मण्डेश्वर स्मार्ट स्कुल, दमक–६ ले भने एक पृथक पहल गर्दै आफ्ना विद्यार्थीलाई खेतमा लगेर धान रोप्ने कार्यमा सहभागी गराएको छ।
असार १५ को अवसर पारेर विद्यालयले दमक–२ भालुखुडीस्थित खेतमा धान रोपाइँ कार्यक्रम आयोजना गरेको यसका सन्चालक दिपक न्यौपानेले जानकारी दिनुभयो ।
कार्यक्रममा बालबालिकाले हातैले रोपाइँ सिके, पानी, माटो र पसिनासँग नजिकिए। यस क्रममा उनीहरूले धान उत्पादनको आधारभूत ज्ञान लिने मात्र होइन, कृषि संस्कृतिको मूल्य पनि बुझ्न सकुन भनेर खेतमा लगिएको न्यौपानेको भनाई छ ।
रोपाइँपछि दही चिउरा खुवाउने परम्परालाई निरन्तरता दिँदै सामूहिक भोजको आयोजना पनि गरिएको थियो।









