सवारी दुर्घटना

विर्तामाेडमा सवारी दुर्घटनाबाट १ जनाको मृत्यु १ जना घाईते

झापाको बिर्तामोड नगरपालिकामा सवारी दुर्घटना हुदा एक जनाकाे मृत्यु भएकाे छ भने अर्का एक जना घाइते भएका छन् ।

नगरपालिकाकाे ६ नम्बर वडा  बुट्टाबारी स्थित पूर्व–पश्चिम लोकमार्गमा बुधबार दिउसाे १ बजे म्याजिक भेनले माेटरसाइकललाई ढक्कर दिदा एक जनाकाे मृत्यु भएकाे  ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएकाे छ ।

कार्यालयका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे १ ज १९१८ नम्बरको म्याजिक भेनले बिपरित दिशाबाट जाँदै  गरेको प्र १–०१–०१३ प ७३२६ नम्बरको  मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलका चालक अर्जुनधारा नगरपालिका ११ का ५४ वर्षीय दिलिप राजवंशी र माेटरसाइकलकाे पछाडी सवार  बिर्तामोड ४ का कृष्ण राजवंशी घाईते भएका थिए ।

घाइते  दुबैलाई  उपचारको लागी बि एण्ड सि अस्पताल बिर्तामोड लगिएकोमा मोटरसाईकल चालक दिलिपको उपचारको क्रममा मृत्यु भएको छ, भने पछाडि सवार कृष्णको सोही अस्पतालमा उपचार भईरहेको  कार्यालयले जनाएकाे छ ।

दुर्घटनापछि   भेन र चालक  कार्यालयकाे नियन्त्रणमा लिएको छ भने घटनाको सम्बन्धमा थप अनुसमन्धान भईरहेको उक्त कार्यालयले जनाएकाे छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कर्मचारीतन्त्रलाई तर्साएर होइन, उत्प्रेरित गरेर काम लिनुपर्छ : प्रचण्ड

काठमाडौं , भदौ २०। नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक विपद् तथा संकटको घडीमा कर्मचारीतन्त्रलाई त्रसित बनाएर नभई उत्प्रेरित र जिम्मेवार बनाएर परिचालन

दमकमा रथयात्रा, केके भयो ? केके देखियो ?

यस वर्षको रथयात्रा अघिल्ला वर्षभन्दा भावुकसमेत बनेको थियो। आयोजकले रासुवास्थित भोटेकोशीमा आएको बाढीमा परी दिवंगत भएकाहरूप्रति श्रद्धाञ्जलीस्वरूप ठाउँ–ठाउँमा आरती आयोजना गरेको थियो।

बाढी पीडितका लागि ईयूद्वारा ८२ टन राहत सामग्री र थप ५ लाख युरो सहयोग

काठमाडौं ,२० भदौ। विनाशकारी बाढीबाट पीडितलाई युरोपेली संघ ईयू ले थप मानवीय सहयोग उपलब्ध गराएको छ। ईयूले विमानमार्फत युनिसेफसँगको सहकार्यमा ८२ टन अत्यावश्यक राहत सामग्री

अपर त्रिशूली १ बाट थप एक विदेशीको जीवितै उद्धार

नुवाकोट ,२० भदौ। अपर त्रिशूली १ जलविद्युत आयोजनाको सुरुङ भित्र फसेका एक विदेशी नागरिकको जीवितै उद्धार गरिएको छ । नेपाली सेनाले शनिबार ती विदेशी नागरिकको

पहिरोले घर पुरिएको ११ दिन पछि महिलाको जीवितै उद्धार

नुवाकोट,२० भदौ । नुवाकोटको बेत्रावतीमा त्रिशूलीको विनाशकारी बाढीले घर पुरिएको ११ औँ दिनमा एक महिलाको जीवितै उद्धार गरिएको छ। उद्धार हुनेमा बिदुर नगरपालिका–१० की चन्द्रिका

त्रिशूली बाढीले बगाएको नुवाकोटको बेलिब्रिज जडान तीव्र, त्रिशूलीमाथि तुइन पनि राख्दै सेना

 काठमाडौं , २० भदौ । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विध्वंशकारी बाढीका कारण ध्वस्त भएको नुवाकोटको एक बेलिब्रिज जडान सुरु भएको