सवारी दुर्घटना

विर्तामाेडमा सवारी दुर्घटनाबाट १ जनाको मृत्यु १ जना घाईते

accident

झापाको बिर्तामोड नगरपालिकामा सवारी दुर्घटना हुदा एक जनाकाे मृत्यु भएकाे छ भने अर्का एक जना घाइते भएका छन् ।

नगरपालिकाकाे ६ नम्बर वडा  बुट्टाबारी स्थित पूर्व–पश्चिम लोकमार्गमा बुधबार दिउसाे १ बजे म्याजिक भेनले माेटरसाइकललाई ढक्कर दिदा एक जनाकाे मृत्यु भएकाे  ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएकाे छ ।

कार्यालयका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे १ ज १९१८ नम्बरको म्याजिक भेनले बिपरित दिशाबाट जाँदै  गरेको प्र १–०१–०१३ प ७३२६ नम्बरको  मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलका चालक अर्जुनधारा नगरपालिका ११ का ५४ वर्षीय दिलिप राजवंशी र माेटरसाइकलकाे पछाडी सवार  बिर्तामोड ४ का कृष्ण राजवंशी घाईते भएका थिए ।

घाइते  दुबैलाई  उपचारको लागी बि एण्ड सि अस्पताल बिर्तामोड लगिएकोमा मोटरसाईकल चालक दिलिपको उपचारको क्रममा मृत्यु भएको छ, भने पछाडि सवार कृष्णको सोही अस्पतालमा उपचार भईरहेको  कार्यालयले जनाएकाे छ ।

दुर्घटनापछि   भेन र चालक  कार्यालयकाे नियन्त्रणमा लिएको छ भने घटनाको सम्बन्धमा थप अनुसमन्धान भईरहेको उक्त कार्यालयले जनाएकाे छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाँचथरमा निर्माणाधीन बेलिब्रिज भाँचियाे, एकजनाकाे मृत्यु, तीन जना गम्भीर घाइते

पाँचथर, ३१ जेठ | पाँचथरको हेवाँ खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिँदा एक जनाको मृत्यु भएको छ । घटनामा परि अन्य तीन जना गम्भीर घाइते भएका छन्।

दीपिनी मार्गमा प्राइमर हाल्न सुरु (फलोअप समाचार)

दमक, ३१ जेठ / दमक ५ स्थित दीपिनी मार्ग भत्काएर अस्तव्यस्त बनेको २ महिनापछि शनिबार दिउँसोबाट सडक कालोपत्रेको प्रक्रिया अघि बढाइएको छ ।   घर

रतुवा र मावाबाट नदीजन्य सामग्री उत्खनन रोकियो, अवज्ञा गरे कारबाहीको चेतावनी

दमक, जेठ ३१ — दमक नगरपालिकाले पूर्व र पश्चिम तर्फ बहने कमस खोला र मावा खोलाबाट नदीजन्य सामग्री (बालुवा, गिट्टी, ढुंगा आदि) को उत्खनन, संकलन