दमक , असार २० । भारतबाट मोटरसाइकलको च्यासिसभित्र ब्राउनसुगर लुकाएर ल्याउने झापा मेचीनगर १४ धाईजन गोलोबारी बस्ने २६ वर्षीय सरोज लामिछाने पक्राउ परेका छन् ।
गएराति मेचीनगर –६ पुरानो मेची पुलमा भारतको पानीट्याङ्कीबाट नेपालतर्फ मे.८ प. १५८५ नम्बर टीभीएस मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्ने क्रममा उक्त मोटरसाइकलको च्यासिसको भागमा रहेको प्वालभित्र प्लाष्टिकको पोको पारी ब्राउनसुगर लुकाएर ल्याएको प्रहरीले फेला परेको थियो ।
प्लाष्टिकबाहेक ४ ग्राम ब्राउनसुगर र मोटरसाइकलसहित लामिछानेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।










