नेविसंघको माग

शैक्षिक योग्यताको आधारमा मात्रै खुला प्रतिस्पर्धाबाट शिक्षक नियुक्ति गर

  • दमक ,असार २० । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले शिक्षक छनोट पद्धतीलाई योग्यताका आधारमा शतप्रतिशत खुला प्रतिस्पर्धाबाट मात्रै नियुक्त हुने व्यवस्था लागू गर्न माग गरेको छ। विद्यालय शिक्षा विधेयकमा शिक्षक पदपूर्ति आन्तरिकबाट ६० प्रतिशत र बाँकी खुलाबाट गरिने प्रस्ताव रहेकोमा नेपाल शिक्षक महासंघले आन्तरिकतर्फ ७५ र खुलातर्फ २५ राख्न माग गर्दै आएका छन्।

 

तर नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति निकालेर शिक्षक छनोट पद्धतिलाई योग्यताको आधारमा शतप्रतिशत खुला प्रतिस्पर्धाबाट मात्रै नियुक्ति हुने बनाउन माग गर्नु भएको छ ।यसका साथै नेविसंघले इसिडी सहजकर्ताहरूले शिक्षकको मान्याता दिँदै शिक्षकहरूको मर्यादा, क्षमता, सेवासुविधा वृद्धि गर्ने र अस्थायी शिक्षक, राहत शिक्षकका हकमा गोल्डेन ह्याण्डसेक जस्ता राहत प्याकेज व्यवस्था गर्न माग गरेको छ।

 

नेविसंघले विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न नेपाल सरकारसँग मागसमेत गरेको छ। शिक्षक पदपूर्तिसम्बन्धी व्यवस्थामा सरकार र शिक्षक महासंघबीच कुरा नमिल्दा संसदको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा विधेयक रोकिएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर