कोरोना संक्रमण फैलदै

नयाँ भेरिएन्ट फैलिएयता झापामा कोरोना संक्रमणबाट १२ जना संक्रमित

दमक, असार २० । नयाँ भेरिएन्ट फैलिएयता झापामा कोरोना संक्रमणबाट १२ जना संक्रमित भएका छन् । त्यसमध्ये ४ जना बिर्तामोडका रहेका छन् ।हालसम्म ६ महिला र ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार बिर्तामोडका ४ , मेचीनगर , कन्काई , शिवसताक्षी , भद्रपुर , बुद्धशान्ति , दोलखा र इलामका एक–एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो । पहिलो पटक गत जेठ ११ गते बिर्तामोड ५ की ५२ वर्षीया महिलालाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि पूर्वी नाका काँकरभिट्टा हुँदै नेपाल प्रवेश गरेका दोलखाका ४७ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको थियो । नयाँ भेरिएन्ट फैलिएयता कोरोना संक्रमणबाट दुईजनाको मृत्यु भइसकेको छ ।

 

 

नेपालमा कोरोनाको संक्रमण फैलदै गएको हो । पछिल्लो समयमा नेपालमा कोरोनाको संक्रमण विभिन्न जिल्लामा देखिन थालेको छ। ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का अनुसार २०८१ पुस १७ गतेदेखि २०८२ असार १९ गतेसम्म नेपालका ३१ जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोनाका २४९ जनामा कोरोना संक्रमण देखा परेको छ। गएको एक हप्तामा ३५ जनामा कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

 

 

 

यसैबीच झापामा यही असार २२ गतेदेखि कोरोनाविरुद्धको खोप लगाइने भएको छ । असार २२ देखि ३१ गतेसम्म जिल्लाका १५ वटै पालिकामा कोरोना विरुद्धको खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले बताउनु भयो । उहाँले फाइजर खोप लगाइने जानकारी दिनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर