अटो दुर्घटना हुँदा सात जना घाइते

दमक, असार २० । धनकुटा नगरपालिका–९ स्थित गुठीटार–बेलहारा भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा सात जना घाइते भएका छन्। बेलहाराबाट सदरमुकामतर्फ आउँदै गरेको को २ ह ५५६७ नम्बरको अटो अनियन्त्रित भई नालामा पल्टिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

 

 

आज दिउँसो १ः३५ बजे भएको दुर्घटनामा घाइतेहरूलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल धनकुटा पुर्याइएको प्रहरीले जनाएको छ । दुर्घटनापछि अटो चालक धनकुटा नगरपालिका–९ का ४२ वर्षीय जितेन्द्र बास्तोलालाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।

 

 

 

घाइते हुनेहरूमा धनकुटा–९ की ६१ वर्षीया निर्मला बस्नेत, ३३ वर्षीया रेनुका न्यौपाने, १७ वर्षीय डेबिड विक,, जनकपुर–१४ का ४४ वर्षीय बसन्त बहादुर पुर्वे, काठमाडौं–२६ का ५० वर्षीय रमेश प्रसाद दुलाल, र मोरङ कानेपोखरी–५ की २० वर्षीया देवी विक रहेका छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर