रुसद्धारा युक्रेनमा ठूलो हवाई आक्रमण

दमक, असार २० । रुसले युक्रेनमा ठूलो हवाई आक्रमण गरेको छ । रुसले रातभर युक्रेनको राजधानी किभलगायतका शहरहरूलाई निशाना बनाएर ५ सय ५० वटा ड्रोन आक्रमण र ११ वटा मिसाइल प्रहार गरेको बीबीसीले जनाएको छ । रुसले प्रहार गरेकामध्ये ४ सय ७६ वटा ड्रोन हवाई प्रतिरक्षा प्रणालीले नष्ट पारेको युक्रेनी वायु सेनाले बताएको छ । रुसले युक्रेनको सुमी, खार्किभ र चेर्निहिभ क्षेत्रहरूमा पनि आक्रमण गरेको छ । युक्रेनले यो आक्रमणलाई युद्ध शुरू भएयताकै ठूलो भनेको सीएनएनले जनाएको छ ।

 

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको फोन वार्ताको केही घण्टापछि युक्रेनमा यो आक्रमण भएको हो । पुटिनसँगको वार्तापछि ट्रम्पले लडाइँ अन्त्य गर्ने दिशामा कुनै प्रगति नभएको बताउनुभयो । ट्रम्पको युद्धविराम प्रस्तावलाई पुटिनले अस्वीकार गरेपछि किभमा ड्रोन आक्रमण बढेको बीबीसीले जनाएको छ ।युक्रेनले पनि रुसमा ड्रोन आक्रमण गरेको छ । युक्रेनी ड्रोन आक्रमणमा रुसमा एक जना महिलाको ज्यान गएको अधिकारीहरूले बताएका छन् ।

 

 

यसैबीच युक्रेनसँगको युद्धमा हिजो रुसी नौसेनाका उपप्रमुख मेजर जनरल मिखाइल गुदकोभको ज्यान गएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले गुदकोभको मृत्यु रुसका लागि ठूलो क्षति भएको उल्लेख गरेका छन् । रुसले सन् २०२२ को फेब्रुअरीमा पूर्णस्तरमा आक्रमण शुरू गरेदेखि युक्रेनमा तीन वर्षभन्दा बढी समयदेखि युद्ध चलिरहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर