सिटी सफारी दुर्घटना हुँदा एक जनाको मृत्यु

दमक, असार २१ । झापाको मेचीनगरमा भएको सडक दुर्घटनामा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा मृत्यु भएको हो ।

 

मेचीनगर १० ढाडचोकस्थित भित्री सडक खण्डमा महामती फर्निचर उद्योगबाट नागरडुब्बातर्फ जाँदै गरेको सिटी सफारी अनियन्त्रित हुँदा दुर्घटना भएको हो । आज बिहान ०९ः३० बजे भएको दुर्घटनामा मेचीनगर–११ बस्ने ३२ वर्षीय राज कडरियाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते कडरियाको बिएन्डसी अस्पताल बिर्तामोडमा १०ः०५ बजे मृत्यु भएको चिकित्सकले घोषणा गरेका थिए । कडरियाले चलाएको प्रदेश १–०१–००२ ह ७१०५ नम्बरको सिटी सफारी आफैँ अनियन्त्रित भएको हो । सिटी सफारीमा यात्रु नभएको प्रहरीले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर