त्रिवेणी स्टेजः बजेट कहाँबाट कति आयो ?

दमक, २१ असार । दमक नगरपालिकाको उत्तरी क्षेत्रमा रहेको  त्रिवेणी टोलमा छ ,  त्रिवेणी खेलमैदान । यहाँ वडा तथा नगर स्तरका बिभिन्न खाले खेलकुदका प्रतियोगिता हुन सक्छन । तर यहाँ कार्यक्रम गर्न व्यवस्थित स्टेज थिएन । यही कुराको मध्यनजर गर्दै वडाका जनप्रतिनिधिको सकृयता र पहलमा स्टेज निर्माण भएको छ । यसले यहाँका खेलाडीहरुलाई सहज बनाउने विश्वास गरिएको छ ।

 

 

बालबालिका तथा युवा जमातलेनै किन नहोस । यस क्षेत्रमा विद्यालय स्तरीय, वा कुनैपनि तहको खेलकुद सम्बन्धिको प्रतियोगिता गर्न यहाँ फराकिलो खेलमैदान छ । चारैकुना मिलेको खेलमैदान भएपनि यसको प्रयोग उति भएन । यहाँका खेलप्रेमीहरु यहाँ भन्दा निकै तल रहेको प्रस्तावित मदन भण्डारी रङ्गशाला जान बाध्य भए । सो बाध्यतालाई हटाउन जनप्रतिधिले कोशी प्रदेश सरकारसँग यस खेल मैदानको व्यवस्थापनमा योजना पेस गरे । यो क्षेत्रका प्रदेश सांसद तथा कोशी प्रदेश सरकारको प्राकृतिक श्रोत तथा पूर्वाधार समितिका सभापति समेत रहनु भएका होम बहादुर थापा मार्फत प्रस्तावलाई अघि बढाइयो । अहिले पहिलो चरणम यहाँ आवश्यकीय मञ्च निर्माण गरिएको छ । यसले खेल प्रेमीहरुले प्रतियोगिता सञ्चालन गर्दा कार्यक्रम गर्न सहज हुने विश्वास गर्नुहुन्छ यस वडाका अध्यक्ष नवीन बराल ।

 

 

पहिलो चरणमा ५ लाख रुपैँया बजेट आएको र त्यसबाट यसको स्तरोन्नतिको काम सुरूवात भएको उहाँले बताउनु भएको छ । यहाँ आवश्यक पर्ने अन्य संरचना बिस्तारै बनाउँदै जाने गरी योजना बनाइरहिएको बताइएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,