दमक , २१ असार । दमक नगरपालिकाको उत्तरी क्षेत्रका बालबालिकालाई लक्षित गरी बाल उद्यान निर्माण गरिएको छ । बालबालिकाहरु विद्यालय बाहेकको समयमा घरमै बसेर बिभिन्न ग्याजेटहरु चलाएर बस्नु भन्दा बाहिर निस्केर प्रकृति र समुदायसग समेत जोडन सकुन भनेर यहाँ बाल उद्यान र सबैका लागि भनेर अर्को क्षेत्रमा खुला व्यायामशाला निर्माण गरिएको छ ।
दमक ३ को खुलस क्षेत्रमा बालबालिकाहरुलाई खुलामा खेलाउन भन्दै बाल उद्यान निर्माण गरिएको छ । यहाँ पूर्ण रुपमा बनिसकेको छैन । यद्यपि उद्यान्कस लागि आवश्यक पर्ने सबै संरचनाहरु यहाँ राखिएको छ । जसले गर्दा बालबालिकाहरु यहाँ झुम्मिन थालेका छन् । घरमा बसेर यत्तिकै ग्याजेट हेरेर बस्नु भन्दा यसरी प्रकृतिको काखमा बसेर रमाउदै खेल्न पाउँदा बालबालिकाको मस्तिष्क समेत तन्दुरुस्त हुने तथा समाजमा घुलमेल समेत हुन सक्ने भन्दै स्थानीयवासीले यसलाई सकारात्मक रूपमा लिएका छन् ।
दैनिक रुपमा बढ्दो व्यस्त जीवनशैलीलाई समाजमा एकछिन भएपनि घुलमिल र आफ्नो शरीरलाई तन्दुरुस्त राख्नका लागि वडाले यसखाले काम र योजनाहरुलाई अघि बढाएको छ । व्यायामशाला निर्माणका लागि ५ लाख र बालउद्यान निर्माणका लागि ५ लाखको सामान साथै स्थानीय टोल विकास सस्थाले ५ लाखको श्रमदान समेत गर्ने गरि काम गरिएको छ । व्यायामशाला निर्माणले स्थानीयको शारीरिक कसरतमा मद्यत पुग्ने विश्वास वडाका जनप्रतिनिधिको छ ।
यो वडा बालमैत्री वडा समेत हुन लागेको छ । त्यसैलेपनि बालबालिकाको अधिकारका लागि आवश्यक पर्ने सबैखाले सूचकहरु पुरा गर्न यहाँ काम भइरहेको छ । यहाँ निर्माण भएको बालउद्यान्लाई यसैको एउटा प्रतिकको रुपमा लिइएको वडाध्यक्ष नवीन बरालले बताउनु भयो ।
हेर्दा साना योजना तर यसको अधिकमत सदुपयोग गर्ने हो भने यी खाले योजनाहरुले मानसिक र शारीरिक रुपमा तन्दुरूस्त राख्न निकै मद्यत पुग्ने विश्वास गरिएको छ ।










