खोलामा डुबेर दुई बालकको मृत्यु

दमक , २२ असार । सुनसरीको इटहरी वडा नं. १६ जब्दीस्थित मुरा खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । यसअघि एकजनाको मृत्यु भएको भनिएकोमा दुईजनाको मृत्यु भएको हो । हिजो दिउँसो इटहरी १६ बस्ने रमेश खत्रीका छोरा बर्ष ९ का युनिस खत्री र वडा नं. ५ बस्ने बुद्धि परियारका छोरा बर्ष ११ का हेमबहादुर परियार भन्ने बिसु परियारको डुबेर मृत्यु भएको हो ।

 

 

खोलामा दुईजना बालक पौडी खेल्ने क्रममा डुबेको भन्ने खबर स्थानीयले टेलिफोनमार्फत इलाका प्रहरी कार्यालय पकलीमा जानकारी गराउनसाथ प्रहरी टोली खटिएर खोलाको दहबाट निकाली उपचारको लागि सान्बी सिटी अस्पताल इटहरीमा पठाएको थियो ।

 

 

अस्पतालका चिकित्सकले चेकजाँच गर्दा उनीहरुको मृत्यु भइसकेको थियो । दुवै बालकको शव मुचुल्का गरी लास पोस्टमार्टमको बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर