धनकुटामा श्रीमतीद्धारा श्रीमानमाथि छुरा प्रहार, आफ्नै छोरालाई बाबुद्धारा खुकुरी प्रहार

 

दमक, २२ असार । घरायसी विवादलाई लिएर धनकुटामा श्रीमतीले श्रीमानमाथि छुरा प्रहार गरेका छन् ।

गएराति धनकुटा नगरपालिका वडा नम्बर ९ मुलघाट बजार बस्ने ४० वर्षीया माया राईले घरायसी विवाद हुँदा श्रीमान ४५ वर्षीय सनम सुब्बालाई छुरा प्रहार गरी घाइते बनाएकी हुन् । प्रहरी चौकी मुलघाटबाट प्रहरी सहायक निरीक्षक टंकबहादुर थापाको कमाण्डमा प्रहरी टोली खटिएर छुरा प्रहार गर्ने माया राईलाई छुरासहित नियन्त्रणमा लिएको बताएको छ ।

उनलाई आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय धनकुटातर्फ पठाउने तयारी भइरहेको छ । घाइतेको अवस्था गम्भीर रहेको छ । घाइतेलाई उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ ।

उता गएरातिसंखुवासभा भोटखोला २ लिङ्गम बस्ने ५५ वर्षीय कितुक भोटेले सामान्य घरायसी विवाद हुँदा आफ्नै छोरा ३१ वर्षीय किन्दुक भोटेलाई खुकुरी प्रहार गर्न लागेका थिए । त्यसक्रममा रुकुमा बस्ने ३० वर्षीय कुङ्गा भोटेले छु्ट्याउन जाँदा उनी खुकुरीले लागेर घाइते भएका छन् ।

निधारमा चोट लागेर घाइते भएका कुङ्गा भोटेलाई उपचारका लागि स्थानीय मेडिकलमा पठाइएको छ । खुकुरी प्रहार गर्ने कितुक भोटे तत्काल फरार रहेकाले खोजतलास भइरहेको प्रहरीले बताएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर