नेपालमा पहिलोपल्ट फाइभ ए साइड इन्डोर हक्की प्रतियोगिता हुने

दमक, २२ असार । नेपाल हक्की संघको आयोजनामा पहिलोपल्ट राष्ट्रिय महिला फाइभ ’ए’ साइड हकी प्रतियोगिता हुने भएको छ । नेपालमा पहिलोपल्ट फाइभ ए साइड इन्डोर हक्की प्रतियोगिता हुन लागेको हो। भक्तपुरको थिमीस्थित मिड भ्याली कलेजको फुटसलमा उक्त इन्डोर हकी हुनेछ।

 

 

प्रतियोगितामा कोशी, मधेश, बागमती, गण्डकी, सुदूरपश्चिम र नेपाल आर्मी क्लब गरी पाँच टोलीले प्रतिस्पर्धा गर्ने नेपाल हक्की संघका महासचिव सूवर्ण श्रेष्ठले जानकारी दिइनु भयो । प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार रूपैयाँ नगद पुरस्कार पाउनेछन्।

 

 

समूह ’ए’ मा कोशी, बागमती र सुगूरपश्चिम तथा ’बी’ मा आर्मी, गण्डकी र मधेश छन् । यस प्रतियोगिता लिग कम नकआउटको आधारमा हुने प्रतियोगिताको टेक्निकल डाइरेक्टरले जानकारी दिनु भयो । उहाँका अनुसार यो फाइभ ए साइडमा कुल २० मिनेटको खेल हुनेछ। प्रतियोगिताको उत्कृष्ट खेलाडीले ट्रफी पाउनेछन् । साथै विधागत उत्कृष्टअन्तर्गत गोलकिपर, डिफेन्डर, सर्वाधिक स्कोरर र इमर्जिङ प्लेयरले पनि ट्रफी पाउनेछन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर