त्रिविमा विभिन्न समूहले लगाएको ताला खुल्यो

दमक , २२ असार । त्रिभुवन विश्वविद्यालयमा विभिन्न समूहले लगाएको ताला खुलेको छ। सर्वोच्च अदालतको आदेशपछि विभिन्न समूहको नाममा लगाएको ताला सम्बन्धी समूहले नै खोलेका हुन् । फास्ट ट्याक मार्फत प्रोफेसर नियुक्तिको विरोध, विद्यार्थी भर्ना खोल्नुपर्ने लगायतका मागहरू राखेर आंशिक प्राध्यापक, नेविसंघ र अखिल क्रान्तिकारीले छुट्टाछुट्टै रूपमा ताला लगाएका थिए ।

 

 

उपकुलपति कार्यालय, रेक्टर, रजिस्ट्रार कार्यालय तथा त्रिवि सेवा आयोगको कार्यालयमा ताला लगाएका थिए । सर्वोच्चले तत्काल ताला खोल्नु र खोलाउन वा नलगाउनु भन्ने आदेश जारी गरेको थियो। सोही अनुसार आंशिक प्राध्यापक सङ्घर्ष समितिले तालाबन्दी खोलेको थियो।

 

 

त्यसपछि नेविसंघले समेत तालाबन्दी खोलेको थियो भने आज अखिल क्रान्तिकारीले ताला खोलेको हो । ताला खोलेसँगै क्रान्तिकारीले उपकुलपतिसहितका तीन जना पदाधिकारीलाई विश्वविद्यालयमा प्रवेश निषेध गरेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हराएको बुद्ध मूर्ति आफ्नै आसनमा फिर्ता

काठमाडौँ,१९ वैशाख । हराएको दशकौँ पछि, अन्ततः भगवान बुद्धको एउटा प्राचीन मूर्ति आफ्नै थातथलोमा फर्किएको छ। काठमाडौँ महानगरपालिका–२३, ओम बहालस्थित न्छुे बहा (बज्रधातु विहार) बाट

सल्यानमा प्रहरी कार्यालयकै जग खन्दा भेटियो ८६ वटा बम

सुर्खेत ,१९ वैशाख। सल्यानमा नयाँ भवनका लागि जग खन्ने क्रममा ठूलो परिमाणमा द्वन्द्वकालीन बम र विस्फोटक पदार्थ फेला परेको छ। शारदा नगरपालिका–३ स्थित जिल्ला प्रहरी

नेकपाले सार्वजनिक गर्यो महाधिवेशनको कार्यतालिका

काठमाडौँ,१९ वैशाख । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ को अध्यक्षतामा हालै सम्पन्न

विष्णुमती किनारमा डोजर रोकियो किन?

काठमाडौं,१९ वैशाख । काठमाडौंको विष्णुमती नदी किनारमा अनधिकृत संरचना हटाउन पुगेको महानगरको डोजर आज विहान रोकिएको छ। नयाँ बसपार्क नजिकैको क्षेत्रमा डोजरले काम सुरु गर्न

आर्थिक साझेदारी सुदृढ बनाउनेबारे अमेरिकी दूत र रास्वपा सभापति बीच छलफल

काठमाडौं,१९ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गर्नु भएको छ । उहाँहरूबीच