सरकारलाई सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न निर्देशन

दमक ,असार २२ । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरकारलाई सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न निर्देशन दिएको छ । आइतबार सिंहदरबारमा बसेको समिति बैठकले किसानलाई मल अभाव हुन नदिन सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारी र स्थानीय जनप्रतिनिधिको निगरानीमा रासायनिक मल वितरणको आवश्यक प्रबन्ध गर्न कृषि मन्त्रालयलाई निर्देशन दिएको हो ।

 

 

बैठकले स्थानीयस्तरमा रासायनिक मलको आवश्यकता अनुसार सहज र सर्वसुलभ उपलब्धता सुनिश्चितताका लागि स्थानीय तहमा रासायनिक मलको भण्डारण स्थल निर्माण गर्न समेत निर्देशन दिएको छ । नेपालमा रासायनिक मलको सहज, सुलभ र गुणस्तरीय आपूर्ति तथा बिक्री वितरणको सुनिश्चितताका लागि साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको रासायनिक मलको आयातको कोटा वृद्धिको मागलाई समेत ध्यान दिन निर्देशन दिएको समिति सभापति अब्दुल खानले जानकारी दिनु भयो ।

 

रासायनिक मलको आयात तथा विक्री वितरणमा संलग्न संस्थाको क्षमता र आयात तथा बिक्री वितरणको हालको अवस्था विश्लेषणका आधारमा रासायनिक मलको कोटाको पुनरावलोकन गरी प्रतिशत निर्धारण गर्न समेत उद्योग मन्त्रालय र कृषि मन्त्रालयलाई निर्देशन दिइएको सभापति खानले बताउनु भयो ।

 

 

बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले समयमा नै मल प्रयोग गर्न नपाए उत्पादनमा समस्या हुने भएकाले किसानले चाहेकै समयमा मल उपलब्ध गराउन प्रयासरत रहेको बताउनु भयो । अहिलेको अवस्थामा मलको कोटा बढाउन सक्ने अवस्था नरहेको उल्लेख गर्दै मन्त्री अधिकारीले रासायनिक मल खरिदका लागि पनि छुट्टै संस्थाको आवश्यकता देखिएको बताउनु भयो ।

 

 

उहाँले किसानसमक्ष समयमा नै मल र बिउ पु¥याउनसक्ने गरी आवश्यक कानुनको खोजी भइरहेको उल्लेख गर्नु भयो । बैठकमा समिति सदस्यहरूले हरेक वर्ष किसानलाई मल समस्या हुने गरेकाले यसको दीर्घकालीन समाधानको खोजी गर्नुपर्नेमा जोड दिएका दिएका थिए।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर