दमक, २२ असार । मोरङको रंगेलीमा प्रहरीले गोली चलाएर ठूलो परिणामा लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ । आइतबार दिउँसो १ राउन्ड हवाई फायर गरी तीन जना कारोबारीलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका–८ का ५५ वर्षीय किर्तानन्द ठाकुर, सोही स्थानका ३८ वर्षीय सुशिल बुढाथोकी र एक भारतीय महिलालाई पक्राउ गरेको हो । भारतीय महिलाको पहिचान खुलेको छैन ।
मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार पक्राउ परेकाहरुको साथबाट ४२५ ग्राम ब्राउन सुगर बरामद भएको छ । घटनाको थप अनुसन्धान भइरहेको उहाँले बताँउनु भयो ।
लागुऔषध करोबार भइरहेको सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट पनि टोली आएको थियो । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बालकृष्ण सञ्जेलसहितको टोली खटिएको थियो ।










