(सीटीईभीटी) द्धारा शैक्षिक सत्र २०८२–०८३ का लागि अनलाइन आवेदन दिन आग्रह

दमक , २२ असार । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले शैक्षिक सत्र २०८२–०८३ का लागि डिप्लोमा तथा प्रमाणपत्र तहका स्वास्थ्य बाहेकका कार्यक्रमहरूमा निःशुल्क छात्रवृत्तिको लागि अनलाइन आवेदन आह्वान गरेको छ।

 

 

परिषद्को परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले आज एक सूचना प्रकाशित गर्दै इच्छुक तथा योग्य उम्मेदवारहरूलाई २०८२ साउन ११ गतेभित्र आवेदन दिन आग्रह गरेको हो।

 

 

सूचनाअनुसार, सरकारी वा सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरेका तथा परिषद्का आङ्गिक शिक्षालयहरूबाट प्रिडिप्लोमा तह उत्तीर्ण गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नेछन्।

 

 

एक आवेदकले कुनै एक प्रदेशको एउटा कार्यक्रमका लागि मात्र आवेदन दिन पाउने र प्रतिस्पर्धा पनि प्रदेश स्तरमै हुने कार्यालयले जनाएको छ। योग्यता क्रम सूची प्रकाशन तथा भर्ना सिफारिससमेत सोहीअनुसार गरिनेछ। शिक्षालयहरूमा उपलब्ध हुनेछ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर