(सीटीईभीटी) द्धारा शैक्षिक सत्र २०८२–०८३ का लागि अनलाइन आवेदन दिन आग्रह

दमक , २२ असार । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले शैक्षिक सत्र २०८२–०८३ का लागि डिप्लोमा तथा प्रमाणपत्र तहका स्वास्थ्य बाहेकका कार्यक्रमहरूमा निःशुल्क छात्रवृत्तिको लागि अनलाइन आवेदन आह्वान गरेको छ।

 

 

परिषद्को परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले आज एक सूचना प्रकाशित गर्दै इच्छुक तथा योग्य उम्मेदवारहरूलाई २०८२ साउन ११ गतेभित्र आवेदन दिन आग्रह गरेको हो।

 

 

सूचनाअनुसार, सरकारी वा सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरेका तथा परिषद्का आङ्गिक शिक्षालयहरूबाट प्रिडिप्लोमा तह उत्तीर्ण गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नेछन्।

 

 

एक आवेदकले कुनै एक प्रदेशको एउटा कार्यक्रमका लागि मात्र आवेदन दिन पाउने र प्रतिस्पर्धा पनि प्रदेश स्तरमै हुने कार्यालयले जनाएको छ। योग्यता क्रम सूची प्रकाशन तथा भर्ना सिफारिससमेत सोहीअनुसार गरिनेछ। शिक्षालयहरूमा उपलब्ध हुनेछ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हराएको बुद्ध मूर्ति आफ्नै आसनमा फिर्ता

काठमाडौँ,१९ वैशाख । हराएको दशकौँ पछि, अन्ततः भगवान बुद्धको एउटा प्राचीन मूर्ति आफ्नै थातथलोमा फर्किएको छ। काठमाडौँ महानगरपालिका–२३, ओम बहालस्थित न्छुे बहा (बज्रधातु विहार) बाट

सल्यानमा प्रहरी कार्यालयकै जग खन्दा भेटियो ८६ वटा बम

सुर्खेत ,१९ वैशाख। सल्यानमा नयाँ भवनका लागि जग खन्ने क्रममा ठूलो परिमाणमा द्वन्द्वकालीन बम र विस्फोटक पदार्थ फेला परेको छ। शारदा नगरपालिका–३ स्थित जिल्ला प्रहरी

नेकपाले सार्वजनिक गर्यो महाधिवेशनको कार्यतालिका

काठमाडौँ,१९ वैशाख । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ को अध्यक्षतामा हालै सम्पन्न

विष्णुमती किनारमा डोजर रोकियो किन?

काठमाडौं,१९ वैशाख । काठमाडौंको विष्णुमती नदी किनारमा अनधिकृत संरचना हटाउन पुगेको महानगरको डोजर आज विहान रोकिएको छ। नयाँ बसपार्क नजिकैको क्षेत्रमा डोजरले काम सुरु गर्न

आर्थिक साझेदारी सुदृढ बनाउनेबारे अमेरिकी दूत र रास्वपा सभापति बीच छलफल

काठमाडौं,१९ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गर्नु भएको छ । उहाँहरूबीच