चिकित्सकहरु आन्दोलित

देशभरका अस्पतालका आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द

दमक , २३ असार । नेपाल चिकित्सक संघको आह्वानमा सोमबार देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द भएको छ। उपचारमा लापरबाही गर्ने चिकित्सक र अस्पतालहरूलाई उपभोक्ता अदालतले क्षतिपूर्ति तिराउन थालेपछि रुष्ट भएका चिकित्सकहरुले आन्दोलन गरेका हुन्।

 

 

चिकित्सक आन्दोलनको कारण काठमाडौँका ठूला सरकारी अस्पतालहरुमा पनि सोमबार आकस्मिक बाहेकका सेवा ठप्प छ। ललितपुरको पाटन अस्पताल, काठमाडौँको वीर, टिचिङसहितका अस्पतालमा पनि सोमबार आकस्मिक बाहेकका बिरामीले उपचार सेवा पाएका छैनन्।

 

 

चिकित्सकले उपचार सेवा बहिष्कार गर्दा बिरामी मर्कामा परेका छन्। नेपाल चिकित्सक संघको आह्वानमा भएको यो आन्दोलनमा चिकित्सकका अन्य नौवटा स्वास्थ्य संस्थाले पनि एक्यवद्धता जनाएका छन्।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर