एलिना चौहानको चेतावनी

“गाली गर्छौ ? म त सार्वजनिक गरिदिन्छु “

साइबर ब्युरो पुग्दा धमाधम माफी माग्न थाले गालीबाज

काठमाडौं , २३ असार | लोकप्रिय गायिका एलिना चौहान अब चुप बस्ने मुडमा छैनन्। सामाजिक सञ्जालमा चरम अश्लीलता, गालीगलौज र चरित्र हत्या सहन नसकी उनी साइबर ब्युरोको ढोका ढकढक्याउँदै उजुरी दिन पुगेकी छन्।

“गाली गर्छौ? अब म त सार्वजनिक गरिदिन्छु!” – यति भन्दै उनले गाली गर्नेहरूका कमेन्टहरूको स्क्रिनसट सामाजिक सञ्जालमै हाल्न थालेपछि, गालीबाजहरू धमाधम माफी माग्न थालेका छन्।

“अहिले त गाली देख्न खोज्नुपर्छ, डराएर धेरैले हटाइसके,” एलिना भन्छिन्, “अब त बाबुले नै त्यो कमेन्ट पढ्दा पनि लाज लाग्छ, के–के लेखेका हुन्छन्!”

‘डिर्भोसपछि यस्तो…’ भन्दै लाञ्छना, परिवारसमेत तनावमा

एलिनामाथिको गाली यत्तिमै सीमित थिएन। व्यक्तिगत जीवन खोतल्दै ‘डिर्भोसपछि यस्तो गीत’, ‘फेरि सम्बन्ध जोडियो’ जस्ता टिप्पणी आएपछि उनले चुप लाग्ने विकल्प छाडिन्।

“म त गायनमा लागेकी, तर कसैले मेरो नामकै ठाउँमा ‘डिर्भोस’ लेखेको देख्दा बुबाआमा त छक्कै परे,” उनी भन्छिन्, “सामाजिक सञ्जालको नाममा जे पनि लेख्ने? त्यो पनि सोचेर लेख्नुपर्छ नि!”

१५ जनाविरुद्ध उजुरी, धेरैले माफी माग्दै

एलिनाले यही असार १६ गते नेपाल प्रहरीको साइबर ब्युरोमा १५ जनाविरुद्ध उजुरी दर्ता गराएकी छिन्। त्यसपछि माफी माग्नेहरूको संख्या बढ्दो छ।
“स्वर मन परेन भनेर आलोचना गर्नु गलत होइन,” एलिनाको भनाइ छ, “तर व्यक्तिगत विषयमा झरेर गाली गर्नु? त्यो त कायरता हो।”

प्रधानमन्त्री ओलीको समर्थन, ‘साहसी छोरी’को सम्मान

गायिका चौहान र समीक्षा अधिकारीको पक्षमा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत खुलेर समर्थन जनाएका छन्।
फेसबुकमा उनले लेखे—

> “गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने यी दुई गायिकाको तरिका सही लाग्यो। समाजलाई उत्तेजनाले होइन, विवेकले गाइड गर्नु पर्छ।”

प्रधानमन्त्रीले “साहसी छोरीहरू” भनी संबोधन गरेपछि एलिनाले आत्मबल अझै बढेको बताइन्।

कलामा आलोचना स्वीकार, तर गाली होइन

“तेरो स्वर मन परेन भन्नु ठीकै हो,” उनी भन्छिन्, “तर मैले राजकुमारी भन भन्न खोजेकी होइन। मान्छे हो, भावना हुन्छ। अनलाइनमै अपमानजनक शब्द लेख्न पाइन्छ भन्ने सोच गलत हो।”

उनको भनाइ छ— “आजभोलि त सामाजिक सञ्जालमा गाली खानु सामान्य जस्तो बनाइएको छ। तर अब त्यसको ‘नया रेस्पोन्स’ छ – उजुरी!”

सूचना प्रवाहमा अनुशासनको खाँचो

प्रेस चौतारी नेपालले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै एलिनाले सबै कलाकार, प्रयोगकर्ता र कन्टेन्ट निर्माता जिम्मेवार बन्नुपर्नेमा जोड दिइन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर