पथरी, २३ असोज । मोरङपथरी शनिश्चरे नगरपालिकाले नगरका ४१ जना विद्यार्थीहरुलाई निःशुल्क साइकल वितरण गरेको छ ।
नगरका आर्थिक विपन्न जेहन्दार ४१ विद्यार्थीलाई एक एक थान साइकल वितरण गरिएको नगर उप–प्रमख देवीमाया काफ्लेले जानकारी दिनुभयो ।
साइकल वितरण कार्यक्रमा नगर प्रवक्ता एवम् ८ नम्बर वडाअध्यक्ष नवीन कार्की, ४ का अध्यक्ष लोकनाथ न्यौपाने, १० वडाअध्यक्ष जीवन खतिवडा, ं७ का अध्यक्ष उवद्धराज बस्नेतसहित विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।









