हतियारसहित २५ वर्षीय भारतीय नागरिक पक्राउ

दमक, २४ असार । काँकरभिट्टामा हतियारसहित भारतीय नागरिक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा भारत पश्चिम बंगाल जिल्ला दार्जिलिङ जलपाईगुडी थाना भक्तिनगर सेवक रोड सिलिगुडी बस्ने २५ वर्षीय प्रतिक अग्रवाल रहेका छन् ।

 

आज बिहान इलाका प्रहरी कार्यालय काँकरभिट्टा र सशस्त्र प्रहरी बल नेपाल प्रस्ताबित सीमा सुरक्षा गुल्म काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले मेची भन्सार कार्यालयको परिसरभित्र सवारी साधन तथा यात्रु चेकजाँच गर्ने क्रममा अग्रवालले चलाएर ल्याएको डब्लुबी ७४एजे०४०० नम्बरको स्कुटरको डिकीभित्र लुकाई छिपाई राखेको अवस्थामा एयर पेस्तोल जस्तो देखिने चालु अवस्थामा रहेको हतियार बरामद गरेको थियो ।

 

 

त्योसंगै उनले बोकेको सानो छालाको साईड ब्यागभित्र प्लास्टिकको पोकोमा १८ थान उक्त हतियारमा लाग्ने मेटल बुलेट, मोबाईल थान ४ फेला परेको थियो । उक्त अवैध हतियार,मोबाईल र सवारी साधनसहित उनलाई नियण्त्रणमा लिई इप्रका काँकरभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र खड्काले बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर