दमक विजनेश टावर जग्गा विवादः ल्याण्ड पुलिङ नहुनुनै समस्याको मुख्य जड

दमक, २४  असार ।दमक–३ दापगाछीस्थित दमक बिजनेस टावर निर्माण सकिएपछि यसको उद्देश्य अनुसारको समग्र योजनामै संकट उत्पन्न भएको छ। मुख्यतः जग्गा विवाद र ल्याण्ड पुलिङको ढिलाइ नै समस्याको मूल जड बनेको स्पष्ट देखिन थालेको छ।

विगतमा दमक नगरपालिकालाई पाँच बिगाहा जग्गा प्रदान गरेर निर्माण भएको यो टावर अहिले विवादमा तानिएको हो। प्रारम्भिक चरणमा टावर निर्माणका लागि माँ पञ्चकन्या हाउजिङ कम्पनीले आफ्ना तीन बिगाहा जमिन दान दिएको थियो। बाँकी दुई बिगाहा स्थानीयवासीको क्षेत्रबाट सट्टापट्टा गर्ने सहमतीमा सो कम्पनीकै थप २ बिगाह जमिन गरि कुल ५ बिगाह जमिन नगरपालिलाई टावर निर्माणका लागि पास गराएको थियो।

तर, यसपछि थप ५० बिगाहा जमिनमा ल्याण्ड पुलिङ गरेर व्यवस्थित शहरी बस्ती निर्माण गर्ने योजना अघि सारिएको थियो। त्यस क्रममा दुई बिगाहा जमिन सट्टापट्टा गरिएका कम्पनीलाई स्थानीयबाट उपलब्ध गराइदिने र यदि उपलब्ध हुन नसकेमा सो बराबरको रकम फिर्ता गरिदिने सहमति भएको थियो। तत्कालीन नगर प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी र प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाको रोहबरमा उक्त सम्झौता भएको थियो।

तर हालसम्म कम्पनीले १९ कट्ठा जग्गा मात्रै फिर्ता पाए पनि बाँकी १ बिगाहा १ कट्ठा जग्गा नपाएको गुनासो गर्दै आएको छ। सो बाँकी जग्गा कस्ले र कसरी फिर्ता गर्ने भन्नेबारेमा जानकारी दिने उद्देश्यले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको सांसद सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको छ ।

आयोजीत पत्रकार सम्मेलनमा दमक–३ का वडाध्यक्ष नविन बरालले बाँकी जग्गा फिर्ता गराउने प्रयास जारी रहेको बताउँदै भन्नुभयो “स्थानीयहरूसँग समन्वय गरेर बाँकी जग्गा पनि फिर्ता गराउने प्रयास भइरहेको छ। यदि त्यो सम्भव नभए, जग्गाको सट्टा रकम नै तिरेर भए पनि समाधान खोजिनेछ।’’

उता, सो क्षेत्रमा ल्याण्ड पुलिङको पक्षमा ६५ प्रतिशतभन्दा बढी स्थानीयले डकुमेन्ट बुझाइसकेको अवस्था भए पनि प्रक्रिया भने अझै अघि बढ्न सकेको छैन। उज्यालो खबरसँग कुराकानी गर्दै वडाध्यक्ष बरालले प्रक्रिया छिटै अघि बढ्ने दाबी गर्नुभयो ।तर, ल्याण्ड पुलिङ नगर्ने पक्ष र गर्ने पक्षबीच देखिएको मतभेदका कारण यो योजना अहिले दमक नगरपालिकामा नै थन्किएको छ।

टावर निर्माणकै बेला ‘नयाँ सहर निर्माण’ को अवधारणा पनि अघि सारिएको थियो। आकर्षक बस्ती विकास गर्ने दावी गरिएको क्षेत्रमै अहिले कुनैपनि निर्माण कार्य अघि नबढेको देख्दा स्थानीयवासी निराश छन्। “यो योजना हुन्छ कि हुँदैन?’’ भन्ने उनीहरूको आशंका दिन प्रतिदिन बढ्दो छ।

दमक बिजनेस टावरको उद्देश्य अनुसारको विकास योजना ल्याण्ड पुलिङको अल्झनमा रोकिएको छ। अब नगरपालिकाले तत्काल स्पष्ट नीति र समन्वयको माध्यमबाट विवाद समाधान नगरे स्थानीयको विश्वास गुम्ने मात्र होइन, डेढ अर्व भन्दा बढि लगानीमा बनेको टावर नै अर्थहीन बन्ने खतरा देखिन थालेको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर