अंश सम्बन्धी विवाद हुँदा एक जनाको मृत्यु

दमक ,२४ असार । मोरङको रतुवामाई नगरपालिका–६ मा अंश सम्बन्धी पुरानो झगडा लिएर विवाद हुँदा एक जनाको ज्यान गएको छ । असार २१ गते मोरङको रतुवामाई ६ का ६० वर्षीय टीकामाया कार्की बस्नेतको आफ्नै देवर ६९ वर्ष टंकबहादुर बस्नेतले निर्ममतापूर्वक हत्या गरेको प्रहरीले जनाएको छ ।

 

 

टीकामाया बोल्न नसक्ने महिला थिइन् । बोली आउँदैनथ्यो, इसारामार्फत मात्र कुरा गर्न सक्थिन् । देवर टंकबहादुरले अंश विवादका कारण लामो समयदेखि मनभित्र दबिएको रिसलाई हिंसामा रूपान्तरण गरेको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताउनु भयो ।

 

 

केही समय यता मृतकका पति गणेशबहादुर बस्नेत र उनका सौतेला भाइ टंकबहादुरबीच पुख्र्यौली सम्पत्तिको बाँडफाँट सम्बन्धी झगडा चर्किएको थियो । उक्त सम्पत्तिमा देवर टंकले एकलौटी कब्जा जमाउन खोजिरहेका थिए । अदालतबाट दाजु गणेशले पनि अंश पाउने ठहर भएपछि टंक आक्रोशित बनेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

 

 

बारीमा घाँस काट्न गएका बेला असार २१ गते दिउँसो टीकामायाको शव फेला परेको थियो । विराटनगरको कोशी अस्पतालमा पोस्टमार्टम गरियो । त्यस क्रममा मृतकको घुच्चुकमा गहिरो चोट लागेको देखिएको थियो । सोही आधारमा इलाका प्रहरी कार्यालय सिजुवाका इन्स्पेक्टर होमप्रसाद अधिकारी नेतृत्वको टोलीले घटनाको अनुसन्धान अघि बढाएर घटनाको वास्तविक सम्म पुग्न सफल भयो ।

 

 

डीएसपी चुँडालका अनुसार हँसियाको बिँड प्रहार गरेर टीकामायाको हत्या गरिएको थियो । घटनामा प्रयोग भएको हँसिया टंककै घरबाट बरामद गरिएको छ । प्रहरीले सोमबार दिउँसो टंकलाई आफ्नै घरबाट पक्राउ परेको मोरङ प्रहरीले बताँएको छ । टंकविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको मोरङ प्रहरीले बताएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर