प्रचण्डले ओलीलाई फोनमार्फत: एमसीसीबारे निर्णय लिन आग्रह

oli-prachanda_zdZ5w9KKVm

 

 

 

सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एमसीसीबारे निर्णय लिन आग्रह गरेका छन् । विहीबार सॉझ प्रचण्डले ओलीलाई फोनमार्फत एमसीसीबारे निर्णयमा पुग्न आग्रह गरेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए । प्रचण्डले ओलीलाई गरेको आग्रह उद्धृत गर्दै रिजालले भने,  ‘एमसीसीमा तपाईंले निर्णय नगरी भएन ।’

ओलीले  पहिले आफूले निर्णय गर्न प्रचण्डलाई जवाफ फर्काएको रिजालको भनाइ छ ।  ‘तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौं भनेर बचन दिनुभएको छ, हटाइसकेपछि ‘४/५ महिनामा पारित गर्छौं’ भनेर लिखित कागज नै गर्नुभएको रहेछ,’ ओलीको भनाइ उद्धृत गर्दै उनले लेखेका छन्, ‘अहिले सत्ता चलाइरहनुभएको छ, प्रतिनिधिसभामा १ सय ६५ सदस्य छन् । पहिले आफूले निर्णय गर्नूस् ।  नेकपा (नेमाले) त निर्णय गरिहाल्छ ।’

माओवादीमा संशोधन विना एमसीसी पास गर्न नहुने मत बलियो छ भने एमालेले सरकार निर्णयमा पुगेपछि आफ्नो धारणा बनाउने अडानमा छ । तर सत्ताको नेतृत्व गरेको नेपाली काँग्रेस एमसीसी पास गर्ने निष्कर्षमा पुगिसकेको छ । काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै हालतमा एमसीसी पास गर्नेगरी अगाडि बढेको अवस्था छ ।

बिहीबार मात्र अमेरिकाको दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रमुख तीन दलका तीन नेतालाई फोन गरेर सम्झौता अनुमोदन गर्न आग्रह गरेका थिए । सहायकमन्त्री लुले प्रधानमन्त्री देउवा, ओली र प्रचण्डलाई पालैपालो फोन गरेर एमसीसी पास गर्न दबाब दिएका थिए । उनको दबाबपछि प्रचण्डले ओलीलाई फोन गरेको बुझिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दीपिनी मार्गमा प्राइमर हाल्न सुरु (फलोअप समाचार)

दमक, ३१ जेठ / दमक ५ स्थित दीपिनी मार्ग भत्काएर अस्तव्यस्त बनेको २ महिनापछि शनिबार दिउँसोबाट सडक कालोपत्रेको प्रक्रिया अघि बढाइएको छ ।   घर

रतुवा र मावाबाट नदीजन्य सामग्री उत्खनन रोकियो, अवज्ञा गरे कारबाहीको चेतावनी

दमक, जेठ ३१ — दमक नगरपालिकाले पूर्व र पश्चिम तर्फ बहने कमस खोला र मावा खोलाबाट नदीजन्य सामग्री (बालुवा, गिट्टी, ढुंगा आदि) को उत्खनन, संकलन