रोटरी क्लब अफ दमक ः युवा उद्यमी केशवकुमार अग्रवालद्धारा नेतृत्व ग्रहण

दमक, २४ असार । दमकमा सामाजिक उत्तरदायित्व बहन गर्दै आएको रोटरी क्लब अफ दमकले आफ्नो १४औं पदस्थापन समारोह सम्पन्न गरेको छ । रोटा वर्ष २०२५–०२६ का लागि क्लबको नेतृत्व दमकका युवा उद्यमी केशवकुमार अग्रवालले ग्रहण गर्नुभएको छ ।

 

सोमबार साँझ दमकमा आयोजित समारोहका बीच डिस्ट्रिक गभर्नर विनोद कोइरालाबाट पद तथा गोपनियताको शपथ लिँदै अध्यक्ष बन्नुभएका अग्रवालले क्लबको साख र मूल्य–मान्यतालाई अझ मजबुत बनाउने प्रतिबद्धता जनाउनुभयो । उहाँले आफ्ना हजुरबुबाको स्मृतिमा हरेक वर्ष सामाजिक कार्यका लागि २५ हजार रुपैयाँ योगदान दिने घोषणा पनि गर्नुभयो।

 

नवनियुक्त अध्यक्ष अग्रवालले सोही समारोहमा क्लब बोर्ड सदस्यहरुलाई पनि पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभयो। कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष विक्रमकुमार साहले आफ्नो कार्यकालमा सम्पन्न सामाजिक क्रियाकलापहरूको संक्षिप्त विवरण प्रस्तुत गर्दै सहयोगीहरूलाई मायाको चिनो प्रदान गर्नुभयो।

 

क्लबका नोमिनेट प्रेसिडेन्ट सागर श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई, विभिन्न वडाध्यक्षहरु, रोटरीका प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर