दमक नगर क्षेत्रमा खोपको पहुँच शतप्रतिशत, नगर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

दमक, २४ असार । दमक नगरपालिकाले आफ्ना नागरिकहरूलाई पूर्ण खोप सुनिश्चित गराउँदै दिगोपना घोषणा गरेको छ । नगरपालिकाले पूर्ण खोप सुनिश्चितता हासिल गर्दै आगामी दिनमा समेत खोप अभियानलाई दिगो बनाइने प्रतिबद्धता जनाएको छ ।

 

‘स्थानीय स्वामित्व र सहकार्य ः पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ दमक नगरपालिकाले सोमबार एक कार्यक्रमको आयोजना गर्दै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख तथा स्वास्थ्य शाखाका प्रतिनिधिहरूले दमक नगर क्षेत्रमा खोपको पहुँच शतप्रतिशत पुगेको जानकारी गराउनुभएको थियो । उहाँहरुका अनुसार सबै उमेर समूहका नागरिकहरूलाई लक्षित गर्दै खोप अभियान सफलतापूर्वक सम्पन्न भइसकेको छ ।

 

 

दमक नगरपालिकाको स्वास्थ्य शाखाले यस अभियानलाई दिगो रुपमा अगाडि बढाउन विभिन्न योजनाहरू समेत सार्वजनिक गरेको छ । दमक नगरपालिका स्वास्थ्य शाखा प्रमुख ब्रजेश मेहेताले अबको लक्ष्य खोप मात्र लगाउने नभएर खोपको प्रभावकारिता र जनचेतना निरन्तर बढाउँदै लैजाने रहेको जानकारी दिनुभएको थियो । उहाँले यो अभियानलाई सफल बनाउन खट्ने स्वास्थ्य स्वयमसेबिका लगायत सम्पूर्णलाई धन्यबाद ज्ञापन गर्नुभएको थियो ।

 

 

दमक नगरपालिकाले आगामी दिनमा पनि खोप सेवा प्रवाहलाई व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने जनाउँदै सबै नागरिकलाई आवश्यक खोप लिन समयमै स्वास्थ्य संस्थामा सम्पर्क गर्न आह्वान गरेको छ । दमक नगर प्रमुख तथा खोप समन्वय समतिका अध्यक्ष रामकुमार थापाले दमक नगरपालिकालाई पूर्ण खोप पालिका घोषणा गर्न सञ्चालन गरिएका क्रियाकलापहरुका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले अब घोषणा गरेर मात्र आफुहरु चुप लागेर नबस्ने उल्लेख गर्दै यसको पूर्ण कार्यान्वयनका लागि निरन्तर लागि पर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।

 

 

नगरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाह्रकोटी, नगर उपप्रमुख रेगिना भट्टराई प्रशाई, बिभिन्न वडाका वडाध्यक्षहरु, दमकका सबै वडाका महिला स्वास्थ्य स्वंयमसेबिकाहरु र नगरका बिभिन्न स्वास्थ्य संस्था तथा ईकाईका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गगन थापाको उद्घोषपछि पनि कर्णालीमा सरकार बदल्ने कसरत सुस्त

सुर्खेत,१० जेठ । २०८१ साउनदेखि कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको समर्थनमा एमालेका यामलाल कँडेल नेतृत्वमा सरकार सञ्चालनमा रहेको छ । एमाले–कांग्रेसको सहमती अनुसार गत चैत्रमा

जनस्वास्थ्य सुधारका लागि सुर्तीजन्य पदार्थमा भारी कर वृद्धिको माग

काठमाडौं,१० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा स्वास्थ्य विभाग प्रमुख तोसिमा कार्कीले सुर्तीजन्य पदार्थमा लाग्ने करको दरलाई वृद्धि गरी कम्तीमा ५० प्रतिशत

बागमती नदीमा डुबेर बेपत्ता भएका सर्लाहीका दुई युवक मृत फेला

सर्लाही,१० जेठ । रौतहट र सिन्धुलीको सीमानामा पर्ने झपसी झोलुङ्गे पुलमुनी बागमती नदी तर्ने क्रममा बेपत्ता भएका सर्लाहीका दुई युवक मृत अवस्थामा फेला परेका छन्।

मौसम परिवर्तनसँगै त्वचामा समस्या ? ग्लोरी ब्युटी पार्लरमा विशेषज्ञद्वारा ’स्किन टेस्ट’ सेवा

दमक,१० जेठ ।सुन्दरता—चाहे महिला होस् या पुरुष, सबैको व्यक्तित्वको एउटा आकर्षक पाटो हो। सुन्दर देखिने चाहना र हतारोमा हामी कतिपय अवस्थामा जानी–नजानी ठूला गल्तीहरू गरिरहेका

सगरमाथामामा पुगेर यसरि आफ्नो खु : शी साट्दै सेन्साई पेमा वाइबा

सोलुखुम्बु,१० जेठ । नेपाली हिमाल आरोही, फिल्ममेकर तथा हिमाली कथाकार सेन्साई पेमा वाइबाले विश्वको सर्वोच्च शिखर सगरमाथाको तेस्रो पटक सफल आरोहण गर्नु भएको छ ।