दमक नगर क्षेत्रमा खोपको पहुँच शतप्रतिशत, नगर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

दमक, २४ असार । दमक नगरपालिकाले आफ्ना नागरिकहरूलाई पूर्ण खोप सुनिश्चित गराउँदै दिगोपना घोषणा गरेको छ । नगरपालिकाले पूर्ण खोप सुनिश्चितता हासिल गर्दै आगामी दिनमा समेत खोप अभियानलाई दिगो बनाइने प्रतिबद्धता जनाएको छ ।

 

‘स्थानीय स्वामित्व र सहकार्य ः पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ दमक नगरपालिकाले सोमबार एक कार्यक्रमको आयोजना गर्दै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख तथा स्वास्थ्य शाखाका प्रतिनिधिहरूले दमक नगर क्षेत्रमा खोपको पहुँच शतप्रतिशत पुगेको जानकारी गराउनुभएको थियो । उहाँहरुका अनुसार सबै उमेर समूहका नागरिकहरूलाई लक्षित गर्दै खोप अभियान सफलतापूर्वक सम्पन्न भइसकेको छ ।

 

 

दमक नगरपालिकाको स्वास्थ्य शाखाले यस अभियानलाई दिगो रुपमा अगाडि बढाउन विभिन्न योजनाहरू समेत सार्वजनिक गरेको छ । दमक नगरपालिका स्वास्थ्य शाखा प्रमुख ब्रजेश मेहेताले अबको लक्ष्य खोप मात्र लगाउने नभएर खोपको प्रभावकारिता र जनचेतना निरन्तर बढाउँदै लैजाने रहेको जानकारी दिनुभएको थियो । उहाँले यो अभियानलाई सफल बनाउन खट्ने स्वास्थ्य स्वयमसेबिका लगायत सम्पूर्णलाई धन्यबाद ज्ञापन गर्नुभएको थियो ।

 

 

दमक नगरपालिकाले आगामी दिनमा पनि खोप सेवा प्रवाहलाई व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने जनाउँदै सबै नागरिकलाई आवश्यक खोप लिन समयमै स्वास्थ्य संस्थामा सम्पर्क गर्न आह्वान गरेको छ । दमक नगर प्रमुख तथा खोप समन्वय समतिका अध्यक्ष रामकुमार थापाले दमक नगरपालिकालाई पूर्ण खोप पालिका घोषणा गर्न सञ्चालन गरिएका क्रियाकलापहरुका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले अब घोषणा गरेर मात्र आफुहरु चुप लागेर नबस्ने उल्लेख गर्दै यसको पूर्ण कार्यान्वयनका लागि निरन्तर लागि पर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।

 

 

नगरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाह्रकोटी, नगर उपप्रमुख रेगिना भट्टराई प्रशाई, बिभिन्न वडाका वडाध्यक्षहरु, दमकका सबै वडाका महिला स्वास्थ्य स्वंयमसेबिकाहरु र नगरका बिभिन्न स्वास्थ्य संस्था तथा ईकाईका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर