बाढीमा थप दुई जना बेपत्ता ,७ जनाको शव फेला

दमक,२४ असार ।रसुवाको बाढीमा थप दुई जना बेपत्ता भएको खुलेको छ। गोसाइकुण्ड नगरपालिका–२ रसुवागढीमा बाढी आउँदा थप दुई जना बेपत्ता भएको खुलेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिनु भयो ।

 

 

बेपत्ता हुनेमा गोरखा पालुङटार नगरपालिका–६ का डिलबहादुर तामाङ र धनबहादुर तामाङ छन्। उनीहरू कहाँ कार्यरत रहेको भन्ने खुलिसकेको छैन। योसँगै बेपत्ता हुनेको संख्या २० पुगेको छ। उनीहरू दुई जना पनि भन्सार यार्डमै काम गर्नेहरू रहेको डिएसपी थापाले बताउनु भयो ।

 

 

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले पनि दुई जना सम्पर्कबिहीन भएको बताउनु भयो। उनीहरू यार्डमा कार्यरत डिब्बा गाडीका चालकहरू हुन्। मंगलबार बिहान ३ बजेतिर भोटेकोशीमा आएको बाढीले रसुवागढीमा रहेको भन्सार यार्डमा क्षति पु¥याएको छ।

 

 

बाढीपछि ३ जना प्रहरी कर्मचारी, ६ जना चिनियाँ नागरिक र ९ जना सर्वसाधारण सम्पर्कविहीन छन् भने ५५ जनाको उद्धार गरिएको छ भने ७ जनाको शव फेला परेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर