बस र ट्याक्सी आपसमा जुध्दा दुईजना घाइते

दमक,२५ असार ।  इलाम माई नगरपालिका ३ हात्तीछिरास्थित चिसापानी–बिर्तामोड सडकखण्डमा बस र ट्याक्सी एकआपसमा जुध्दा दुईजना घाइते भएका छन् । आज बिहान बिर्तामोडबाट चिसापानीतर्फ जाँदै गरेको मे १ ज ३०९३ नम्बरको बोलेरो ट्याक्सी र बिपरित दिशाबाट आउँदै गरेको प्र१–०१–००१ ख ४१६२ नम्बरको बस एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो ।

 

दुर्घटनामा ट्याक्सीमा सवार दुईजना घाइते भएका हुन् । घाइते हुनेहरुमा बिर्तामोड ५ बस्ने ५२ वर्षीया देवकुमारी भट्टराई र अर्जुनधारा २ खुदुनाबारी बस्ने ३८ वर्षीय प्रकाश थापा रहेका छन् । उनीहरुलाई माई अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड ल्याइएको छ । बस चालक इलाम माई ८ बस्ने ३२ वर्षीय धनबहादुर तामाङलाई उपचारमा संलग्न हुने गरी पठाइएको छ ।

 

ट्याक्सी चालक पाँचथर फाल्गुनन्द ३ बस्ने ३१ वर्षीय देउवीर तामाङलाई केही नभएको,ट्याक्सीको अगाडीको भागमा क्षति भएको र दुवै सवारी साधन प्रहरी चौकी दानाबारीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर