चट्याङले लागेर २ जना घाइते

दमक, २५ असार । वर्षासंगै परेको चट्याङले लागेर घाइते भएका ताप्लेजुङ सदिङ्वा – ३ थुङरुङ्वा बस्ने ३५ वर्षीय राजकुमार लिम्बू (देवान) को मृत्यु भएको छ ।

 

 

हिजो साँझ आफ्नै घरमा बसिरहेको अबस्थामा पानीसंगै परेको चट्याङले लागेर उनी घाइते भएका थिए ।घाइतेलाई प्रहरी र स्थानीयको सहयोगमा साब्लाखु स्वास्थ्य चौकीमा ल्याई सामान्य उपचारपश्चात् थप उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङतर्फ पठाइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले बताएको छ ।

 

 

त्यस्तै सोही पालिकाको वडा नं ५ लिम्बुदिन बस्ने १७ वर्षिय मिसन लिम्बू पनि चट्याङले लागेर घाइते भएका छन् । मेघगर्जन सुरु भएसंगै घरमा बिजुली लाइनको एमसीपी झार्ने क्रममा लिम्बूलाई चट्याङ लागेको प्रहरीको बताएको छ । लिम्बूको अनुहार र जिउमा चोट लागेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनु भयो । उनको साब्लाखु स्वास्थ्य चौकीमा उपचार भइरहेको परिवारले बताएका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कागती खेती गर्ने किसान पलायन हुँदै

  पथरीशनिश्चरे, १२ कार्तिक | विगत ७ वर्षदेखि मोरङको पथरी शनिश्चरे वडा नं २ कालापानीमा सुरेन्द्र दाहालले व्यवसायिक रुपमा कागती खेती गर्दै आउनु भएको छ

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका