दमक ,२५ असार । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बुधबार कोणसभा कार्यक्रम गरेका छन्।
उनीहरूले न्युरोड जुद्धशालिक बाट ¥याली सुरु गरेर इन्द्रचोक, जनबहाल, असन, कमलाछी, विश्वज्योति, जमल, घण्टाघर, भद्रकाली, सहिद गेट, न्यूरोड गेट, जुद्धशालिक हुँदै पुरानो नगरपालिकामा कोणसभा गरेका छन्।
आगामी आर्थिक वर्ष २०८२÷८३ को आर्थिक विधेयकमार्फत सरकारले सुनमा लगाएको २ प्रतिशत विलासिता कर र हिरामा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि करको विरुद्धमा सुनचाँदी व्यवसायी आन्दोलित बनेका छन् ।










