प्रधानमन्त्री ओलीद्धारा अर्याललाई त्रिवि उपकुलपति नियुक्त

दमक , २५ असार । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. दीपक अर्याल नियुक्त भएको छ । प्रधानमन्त्रीसमेत रहेका कुलपति केपी शर्मा ओलीले अर्याललाई बुधबार त्रिवि उपकुलपति नियुक्त गर्नु भएको हो ।

 

 

अर्याल त्रिविकै जल तथा मौसम विज्ञान केन्द्रीय विभाग प्रमुखसमेत भइसकनु भएको छ । सहकुलपतिसमेत रहनु भएको शिक्षा मन्त्री रघुजी पन्त नेतृत्वको त्रिवि उपकुलपति सिफारिस समितिले अर्यालसहित तीन जनाको नाम असार २३ गते सिफारिस गरेको थियो।

 

 

त्रिविका निमित्त उपकुलपति प्रा.डा. खड्ग केसी, विज्ञान संकायका पूर्वडीन प्रा.डा. विनिल अर्याल र जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्वप्रमुख दीपक अर्यालको नाम सिफारिस भएको थियो।

 

 

प्रा.डा. केशरजङ्ग बरालले त्रिवि उपकुलपतिबाट राजीनामा दिनु भएको थियो । बरालले दिएको राजीनामा कुलपति ओलीले गत चैत २८ गते स्वीकृत गर्नु भएको थियो । त्यसपछि निमित्त उपकुलपतिको जिम्मेवारी केसीलाई दिइएको थियो । त्रिवि उपकुलपतिमा यसपालि १२ जना आकांक्षी थिए।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर