सुतेकै ठाउँमा मृत्यु

सुतेकै ठाउँमा श्रमिकको मृत्यु

 

 

 

पाँचथर — मध्यपहाडी लोकमार्ग अन्तर्गत पाँचथरको याङवरक खण्डमा कार्यरत एकजना मजदुरको सुतेकै ठाउँमा मृत्यु भएको छ ।

मृत्यु हुनेमा जाजरकोट जिल्लाको नलघाट ३ घर भएका ४९ वर्षीय मानबहादुर थापा छन् । बुधबार साँझ खाना खाएर ११ बजे याङवरक १ च्याङथापुमा रहेको फिल्डमा टाँगिएको त्रिपालमुनि सुतेका उनलाई सहकर्मीहरूले मध्यराति मृत अवस्थामा भेटेका थिए ।

सँगै खाना खाएका सहकर्मी लाखापाखा लागेपछि सुत्न भनेर गएका उनलाई नाकबाट रगत बगेको अवस्थामा मृत भेटिएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

जानकारी पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरी टोलीले बिहीबार बिहान घटनास्थलको प्रकृति मुचुल्का उठाई पाँचथर अस्पतालमा पोष्टमार्टम गरेपछि जाजरकोट पठाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

स्थानीयले उनको उच्च रक्तचाप र चिसोका कारण निधन भएको हुनसक्ने आकलन गरेका थिए । यद्यपि घटनाको अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा योग शिक्षकलाई सम्मान

दमक, २६ असार | दमक–८ स्थित अर्गानिक योग साधना केन्द्रले गुरु पूर्णिमाको अवसरमा एक विशेष समारोहको आयोजना गरी पतञ्जली योग समितिमार्फत सञ्चालन गरिएको सह–योग शिक्षक

दमकमा स्यालो ट्युबेल जडानका कारण पानी नपरेपनि रोपाई गर्न सहज

दमक,२६ असार । झापा जिल्लामा असार महिनाको अन्तिम साता नजिकिँदासमेत पर्याप्त वर्षा नहुँदा बर्खे धान रोपाइँ प्रभावित भएको छ। अधिकांश किसान अझै आकाशे पानीको प्रतीक्षामा

हराएको स्कार्पियो फेला पर्‍यो

दमक, २६ असार । धरानबाट हराएको स्कोरपियो फेला परेको छ ।   आज बिहान धरान १८ स्थित धनकुटे रोडमा पार्किङ गरी राखिएको को २ च

बाह्रदशीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

दमक,२६ असार । झापाको बाह्रदशी गाउँपालिका–१ मा भारतीय नम्बर प्लेटको मोटरसाइकल र स्कुटर ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको प्रहरीले जनाएको छ ।