मलको मूल्य बढाउन प्रस्ताव

दमक ,२५ असार। कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले मलको मूल्य बढाउन प्रस्ताव गर्नु भएको छ । बुधवार प्रतिनिधिसभामा कृषि मन्त्रालयका सम्बन्धमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो प्रस्ताव गर्नु भएको हो । मन्त्री अधिकारीले यसका लागि सघाउन सांसदहरूलाई आग्रह समेत गर्नु भएको छ ।

 

हाल नेपालमा अनुदानमा बिक्री हुँदै आएको रासायनिक मलमा औसत ६६ प्रतिशत अनुदान रहेको छ । मन्त्री अधिकारीका अनुसार अहिले युरिया, डीएपी र पोटास समेत गरी सो बराबरको अनुदान दिने गरिएको हो ।
अहिले युरिया मल किन्न सरकारलाई प्रतिकिलो ८२ रुपैयाँ रहेको छ, उक्त मल १४ रुपैयाँ प्रतिकिलोमा बिक्री हुँदै आएको छ । त्यस्तै, डीएपीको मूल्य १२१ रुपैयाँ रहेकोमा ४३ रुपैयाँमा बिक्री हुँदै आएको छ ।

 

 

पोटासको लागत प्रतिकिलो ६४ रुपैयाँ रहने गरेकोमा ३१ रुपैयाँमा बिक्री हुँदै आएको मन्त्री अधिकारीले जानकारी दिनु भयो । यस अनुसार सरकारले युरियामा ५८ रुपैयाँ, डीएपीमा ७८ रुपैयाँ र पोटासमा ३३ रुपैयाँ बराबरको अनुदान दिँदै आएको छ । सरकारले मल खरिदका लागि छुट्टाएको २७ अर्ब ३६ करोड रुपैयाँबाट सो बराबरको अनुदानका लागि पुग्ने मल बिक्री वितरण भइरहेको उहाँको भनाइ छ ।

 

यो वर्ष मात्रै सरकारले ३ लाख ८२ हजार मेट्रिकटन आयात गर्दै ४ लाख २४ हजार रुपैयाँ बिक्री गरेको मन्त्रालयले जनाएको छ । त्यसबाहेक ५२ हजार मेट्रिकटन युरिया र ३० हजार मेट्रिकटन डीएपी कोलकत्ता बन्दरगाहमा रहेको उल्लेख गरिएको छ ।

 

नेपालमा अहिले ९१ हजार मेट्रिकटन मल नेपामा मौज्दात रहेको दैनिक २० हजार क्विन्टल मल वितरण हुँदै गरेको उहाँले जानकारी दिनु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर