‘संवैधानिक परिषद् सम्बन्धी विधेयक २०७९’ संशोधन

दमक ,२५ असार । ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९’ संशोधन भएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकले विधेयकमाथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो ।

मंगलबार विधेयकमाथि राष्ट्रियसभाबाट प्राप्त प्रतिवेदनमाथि भएको छलफलमा सांसदहरूले भाग लिएका थिए । बुधबार सांसदहरूले छलफलका क्रममा उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट रक्षामन्त्री मानबहादुर राईले दिएपछि सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गर्नु भएको थियो । निर्णयार्थ प्रस्तुत हुँदा विधेयक बहुमतले पारित भएको हो ।

 

अव विधेयकको संशोधन सभामुख घिमिरेले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउनु हुने छ । राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेपछि संशोधन राजपत्रमा प्रकाशित हुने छ । त्यसपछि कानुन बन्ने कानुनी प्रावधान छ ।

 

विधेयकमाथिको संशोधन तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले ०७९ फागुन १२ गते सङ्घीय संसद् सचिवालयमा दर्ता गर्नु भएको थियो । ०८० वैशाख १५ गते दफावार छलफलका लागि राज्य व्यवस्था तथा सुशासन समितिमा पठाइएको विधेयकमाथिको संशोधनमा समितिले सदनमा ०८१ जेठ १७ गते बुझाएको थियो ।

 

संशोधनलाई ०८१ चैत १८ गते प्रतिनिधिसभाबाट पारित गरेर राष्ट्रियसभामा पठाइएको थियो । राष्ट्रियसभाले पारित गरेर संशोधन ०८२ जेठ ३० गते फिर्ता पठाएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर