दमक , असार २५ । झापाको बाह्रदशीमा मोटरसाइकल र स्कुटर आपस ठोक्किएर भएको दुर्घटनामा दुबै चालकको ज्यान गएको छ । मृत्यु हुने स्कुटर चालकको पहिचान खुलेको छ ।
मृत्यु हुने स्कुटर चालक कचनकवल ३ डाकुपारा बस्ने वर्ष ६० का श्रीप्रसाद राजवंशी रहनु भएको छ । सोही स्कुटरमा सवार उहाँकी बुहारी २७ वर्षीया उर्मिला राजवंशी र नाति ३ का वर्षीय नाति आयुष सख्त घाइते बन्नु भएको छ । दुबैको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
आज दिउँसो बाह्रदशी गाउँपालिका १ खयरबारीस्थित भित्री सडकखण्डमा राजगढबाट कुटीतर्फ जादै गरेको बीआर ३७ एजेड ६४४० नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–०१६ प ९२७० नम्बरको स्कुटर आपसमा ठोक्किदा दुवै चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।










